• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ५, मंगलवार १९:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी नेता राहुल गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव तथा कांग्रेसका शीर्ष नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, अखिलेश यादवलगायतका नेताहरूलाई धर्नास्थलबाट बसमा राखेर अन्यत्र लगिएको हो।

    धर्ना हटाउनुअघि केन्द्रीय मन्त्री जितेन्द्र सिंह र गृहसचिव गोविन्द मोहन धर्नास्थल पुगेर राहुल गान्धीसँग वार्तामा बसेका थिए। जितेन्द्र सिंहका अनुसार सरकारले संसदमा नीट परीक्षा र त्यससँग सम्बन्धित आन्दोलनबारे छलफल गर्न तयार रहेको जानकारी गराउँदा पनि राहुल गान्धी धर्ना अन्त्य गर्न सहमत भएनन्।

    सिंहले राहुल गान्धीले सुरुमा संसदमा छलफलको माग राखे पनि पछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत मागेको दाबी गरेका छन्। उनका अनुसार माग परिवर्तन गर्दै कांग्रेसले धर्ना जारी राख्ने अडान लिएको थियो।

    मंगलबार दिउँसो करिब ३:३० बजे प्रधानमन्त्री निवासनजिक सुरु भएको कांग्रेसको धर्ना झन्डै तीन घण्टापछि प्रहरीले हटाएको हो। घटनास्थलमा १०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो। कांग्रेस कार्यकर्ताले नेताहरूलाई घेरेर प्रहरीलाई रोक्ने प्रयास गर्दा केहीबेर धकेलाधकेल भएको थियो। त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    प्रदर्शनका क्रममा कार्यकर्ताहरूले ‘प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा देऊ’ भन्दै नाराबाजी गरेका थिए। पञ्जाबका पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नीसहित केही कार्यकर्तालाई पनि प्रहरीले हिरासतमा लिएको बताइएको छ।

    यसअघि राहुल गान्धीले सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थीमाथिको दमनलाई ‘हरेक भारतीय परिवारमाथिको आक्रमण’को संज्ञा दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी अब यस विषयमा जवाफ नदिई उम्किन नसक्ने बताएका थिए। साथै, विद्यार्थीलाई न्याय दिलाउन प्रधानमन्त्री निवासअगाडि भइरहेको धर्नामा सहभागी हुन उनले सर्वसाधारणलाई आह्वानसमेत गरेका थिए।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १९:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.