• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप लिग २:नामिबियासँग नेपाल ८ विकेटले पराजित

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ५, मंगलवार २१:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।

    मंगलबार राति भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

    नामिबियाको जितमा जान फ्रायलिंकले अविजित ७७ रन बनाए भने ओपनर माइकल भान लिङ्गेनले ५१ रनको योगदान दिए। जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे।

    नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे।

    रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरू रन बनाउन संघर्षरत देखिए।

    नामिबियाका बलर जेजे स्मिथले उत्कृष्ट प्रदर्शन गर्दै ९.५ ओभरमा ३६ रन खर्चिएर ६ विकेट लिए। बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले २–२ विकेट हात पारे।

    नेपालले शृङ्खलाको दोस्रो खेल बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार २१:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.