• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरान युद्धमा अमेरिकाको खर्च ३७.५ अर्ब डलर खर्च

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ६, बुधबार १०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रोयटर्स । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध जारी युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको बताएका छन्। युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको भन्दै उनले पहिलो पटक अमेरिकी सांसदहरूसामु उपस्थित भएर अतिरिक्त बजेटको माग गरेका हुन्।

    आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीमाथि प्रतिनिधिसभा र सिनेटमा आफ्नो बहुमत कायम राख्ने दबाब बढेको छ। यहीबीच डेमोक्र्याटहरूले महँगो र अलोकप्रिय बन्दै गएको इरान युद्धलाई राजनीतिक मुद्दा बनाउँदै ट्रम्प प्रशासनको आलोचना तीव्र पारेका छन्।

    सिनेट विनियोजन समितिकी वरिष्ठ डेमोक्र्याट सदस्य प्याटी मरेले ट्रम्प प्रशासनले युद्ध थप चर्काउने संकेत दिएको र अन्तर्राष्ट्रिय कानुनविपरीत नागरिक पूर्वाधारलाई समेत निशाना बनाउने धम्की दिएको आरोप लगाइन्। उनले यो युद्ध अर्को ‘अन्तहीन युद्ध’मा परिणत हुन सक्ने चेतावनी पनि दिइन्।

    इरान युद्धका कारण अमेरिकी रक्षा मन्त्रालयको करिब १ ट्रिलियन डलर बराबरको बजेटमा ठूलो दबाब परेको बताइएको छ। संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले सैनिकहरूको सेवा–सुविधा व्यवस्थापन गर्न सकिए पनि सैन्य उपकरणको मर्मतसम्भार र भविष्यका रक्षा क्षमतामा लगानी गर्न चुनौती बढ्दै गएको बताए।

    रक्षा मन्त्री हेगसेथले सांसदहरूलाई युद्धका लागि अतिरिक्त बजेट स्वीकृत गर्न आग्रह गर्दै आर्थिक वर्ष २०२७ का लागि प्रस्ताव गरिएको १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि पारित गर्न अनुरोध गरेका छन्। पर्याप्त बजेट नदिनु नै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम हुने उनको भनाइ छ।

    यसैबीच, यस महिनाको सुरुवातमा अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम भंग भएपछि दुवै देशले एकअर्कामाथि दैनिकजसो आक्रमण जारी राखेका छन्।

    पेन्टागनका अनुसार, इरान युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब ४३० सैनिक घाइते भएका छन्। जुलाई ७ यता मात्रै १०० सैनिक घाइते भए पनि उनीहरूमध्ये ९६ प्रतिशत पुनः सेवामा फर्किसकेको जनाइएको छ।

    यता राष्ट्रपति ट्रम्पले पछिल्ला दिनहरूमा इरानका ऊर्जा केन्द्र, पुल, खार्ग द्वीपस्थित तेल टर्मिनल तथा ‘पिकएक्स माउन्टेन’ नामक भूमिगत आणविक केन्द्रलाई समेत निशाना बनाउने चेतावनी दिएका छन्।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण ६, बुधबार १०:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.