• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ७, बिहीबार ०७:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको लक्ष्यसहित नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

    पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ।

    नामिबियाविरुद्धको हारपछि नेपालमाथि आजको खेल जित्ने दबाब बढेको छ। यस शृंखलाअन्तर्गत नेपालले जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्ससँग दोस्रो भेट गर्ने तालिका रहेको छ।

    हालसम्म लिग–२ मा नेपालले २९ खेलबाट २४ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ। समान २९ खेल खेलेको नामिबियाको पनि २४ अंक भए पनि कमजोर रनरेटका कारण टोली छैटौँ स्थानमा छ। २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ।

    अंकतालिकाको शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित अग्रस्थानमा छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। ३१ अंकसहित ओमान चौथो स्थानमा छ। ओमानलाई उछिनेर शीर्ष चारमा पुग्न नेपालले बाँकी खेलमध्ये कम्तीमा चार खेल जित्नुपर्ने अवस्था छ। क्यानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ भने १४ अंक जोडेको यूएई तालिकाको पुछारमा छ।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार ०७:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.