• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आधिकारिकता सम्बन्धी फैसला पुनरावलोकनको माग राख्दै सर्वोच्च पुग्यो देउवा पक्ष

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ७, बिहीबार २१:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसको देउवा पक्षले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ।

    कांग्रेस देउवा पक्षका नेता तथा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएका हुन्।

    सामान्यतः सर्वोच्च अदालतका फैसला अन्तिम मानिन्छन्। तर, फैसला चित्त नबुझेको पक्षले कानुनी आधार प्रस्तुत गर्दै पुनरावलोकनको मागसहित सर्वोच्च अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ।

    पुनरावलोकनका लागि निवेदन दिने पक्षले फैसला न्यायिक सिद्धान्त वा स्थापित नजिरविपरीत भएको, मुद्दामा नयाँ तथ्य वा प्रमाण फेला परेको, वा अदालतले कानुनको गलत व्याख्या गरेको जस्ता आधार प्रस्तुत गर्नुपर्छ।

    यस्ता निवेदनले स्वतः पुनरावलोकनको प्रक्रिया सुरु गर्दैनन्। मूल फैसला गर्ने इजलासबाहेकका तीन न्यायाधीशले निवेदनको प्रारम्भिक अध्ययन गरी पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्छन्।

    यदि तीन न्यायाधीशको इजलासले पुनरावलोकनको अनुमति दिएमा मुद्दा पूर्ण इजलासमा सुनुवाइका लागि पेस हुन्छ। त्यसपछि पूर्ण इजलासले अघिल्लो फैसला सदर गर्ने वा बदर गर्ने निर्णय गर्न सक्छ।

    तर, यदि पुनरावलोकनको अनुमति नदिने आदेश भएमा यसअघि भएको सर्वोच्च अदालतको फैसला नै अन्तिम र कायम रहनेछ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार २१:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.