• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आईसीसी लिग–२: नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित, लगातार दोस्रो हार

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ७, बिहीबार २२:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

    बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गर्‍यो। नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

    घरेलु टोलीको जितमा कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रनको उत्कृष्ट इनिङ्स खेले। नोआ क्रोस ३४ रनमा नटआउट रहे भने सेड्रिक डे लाङ र जाच लायन कासेटले समान २१–२१ रनको योगदान दिए।

    नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए। नेदरल्यान्ड्सको एक विकेट रनआउटमार्फत आएको थियो।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमै अलआउट भयो। नेपाल लगातार दोस्रो खेलमा पनि १५७ रनमै समेटिएको हो। यसअघि नामिबियाविरुद्धको खेलमा पनि नेपाल यही स्कोरमा अलआउट भएको थियो।

    नेपालका लागि आरिफ शेखले ९० बलमा सर्वाधिक ४१ रन बनाए। गुल्शन झाले २९ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान दिए। आसिफ शेखले १४ रन बनाए भने करण केसी १३ रनमा अविजित रहे।

    नेदरल्यान्ड्सका बलर रोलफ भान डर मर्वेले ६.४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। एलेक्स रोयले ८ ओभरमा २४ रन दिँदै ३ विकेट हात पारे भने लोगान भान बिकले २ र काइल क्लेइनले १ विकेट लिए।

    यस जितसँगै नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अंक जोड्दै लिग–२ अंकतालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ। नेपाल भने ३० खेलबाट २४ अंकसहित पछाडि परेको छ।

    नेपालले शृङ्खलाको आफ्नो तेस्रो खेल आगामी सोमबार नामिबियाविरुद्ध खेल्नेछ। त्यसअघि शनिबार नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार २२:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.