• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इबोला प्रकोपले बढायो विश्व चिन्ता

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ८, शुक्रबार १४:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अबुजा, ८ साउन । कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ र यसले स्वास्थ्य अधिकारीहरूलाई थप चिन्तित बनाएको छ ।

    कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्म हालको प्रकोपमा दुई हजार ५३६ जना सङ्क्रमित पुष्टि भएका छन् भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । यो प्रकोप गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको थियो ।

    सन् २०१४–२०१६ को महामारीमा २८ हजारभन्दा बढी सङ्क्रमण र ११ हजारभन्दा बढी मृत्यु भएका थिए । त्यसबेला पहिलो सङ्क्रमण देखिएदेखि एक हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो । तर यस वर्षको प्रकोपमा त्यही सङ्ख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ । त्यस्तै, दुई हजार ५०० सङ्क्रमितको आँकडा पनि अघिल्लो महामारीको तुलनामा करिब तीन गुणा छिटो पुगेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ । तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठूला प्रकोप निम्त्याउने गरेका छन् ।

    यस वर्षको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो । यो दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन । सन् २०१४–२०१६ को महामारी भने सबैभन्दा सामान्य मानिने इबोला भाइरसका कारण फैलिएको थियो ।

    हालको प्रकोप मुख्य रूपमा कङ्गोमै सीमित रहेको छ । केही सङ्क्रमण युगान्डामा देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमावर्ती पूर्वी कङ्गोका पाँच प्रान्तमा केन्द्रित छन् । यसको विपरीत, सन् २०१४–२०१६ को महामारी लाइबेरिया, सियरा लियोन र गिनीसहित पश्चिम अफ्रिकाका धेरै मुलुकमा फैलिएको थियो । त्यसबेला संयुक्त राज्य अमेरिका र युरोपमा पनि सीमित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका थिए ।

    यस वर्षको प्रकोपमा हालसम्म करिब ४० प्रतिशत मृत्युदर रहेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामीले लक्षण देखिएपछि ढिलो स्वास्थ्य संस्थामा पुगेका कारण मृत्यु बढेको हो । अघिल्लो महामारीमा भने मृत्युदर करिब ६६ प्रतिशत पुगेको थियो ।

    अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार इबोला भाइरस समूहका भाइरसमध्ये इबोला भाइरस सबैभन्दा घातक मानिन्छ । उपचार नपाएमा यसबाट सङ्क्रमितमध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहने उल्लेख गरिएको छ ।

    स्वास्थ्य अधिकारीहरूले हालको प्रकोप अझै चरम अवस्थामा नपुगेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार पहिलो सङ्क्रमितको स्रोत अझै पहिचान हुन सकेको छैन । अधिकांश नयाँ सङ्क्रमित पहिलेदेखि निगरानीमा रहेका सम्पर्क सूचीभन्दा बाहिरबाट भेटिनु, साथै भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले प्रकोप नियन्त्रणलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

    सन् २०१४–२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो । पहिलो सङ्क्रमण डिसेम्बर २०१३ मा देखिए पनि मार्च २०१४ मा मात्र प्रकोप पुष्टि भएको थियो र त्यसलाई जुन २०१६ मा समाप्त भएको घोषणा गरिएको थियो । रासस

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार १४:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.