• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पछिल्लो २४ घण्टामा सवारी दुर्घटना : ८ जनाको मृत्यु, ९२ जना घाइते

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ८, शुक्रबार १५:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने ९२ जना घाइते भएका छन्।

    नेपाल प्रहरीले शुक्रबार (साउन ८) सार्वजनिक गरेको विवरणअनुसार मोरङ, सप्तरी, रौतहट, चितवन, नवलपरासी पूर्व, बर्दिया र दाङमा भएका दुर्घटनामा आठ जनाले ज्यान गुमाएका हुन्।

    मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडकमा बा ६३ प ४२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा गौरीगञ्ज गाउँपालिका–६ का २८ वर्षीय बरुण राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनलाई रतुवामाई नगर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा बा.प्र. ०१–००६ ख ९८८४ नम्बरको बसले साइकललाई ठक्कर दिँदा स्थानीय ७५ वर्षीय रामप्रसाद पण्डितको घटनास्थलमै मृत्यु भएको छ।

    रौतहटको गढीमाई नगरपालिका–९ इनरवा चोकस्थित भित्री सडकमा मधेश प्रदेश ०३–००४ प ३०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सर्लाही हरिपुर्वा नगरपालिका–४ का १६ वर्षीय थुकु सहनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    चितवनको भरतपुर महानगरपालिका–१५ मनकामना चोकमा ना ४ च ९०३८ नम्बरको बोलेरो र ना.प्र. ०३–००४ प ६२३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भरतपुर–५ निवासी ३२ वर्षीय सुजन गुरुङको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको छ।

    नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ५४ वर्षीय सुरेश विकको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई मध्यविन्दु जिल्ला अस्पताल, डण्डा लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

    बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरेनीस्थित भित्री सडकमा भे ८ प ८३४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २८ वर्षीय दिपेश चौधरीको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको छ।

    यस्तै, बर्दियाकै मधुवन नगरपालिका–६ स्थित हुलाकी सडकमा प्र ०६–००६ प ४०२६ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा घाइते भएका ६९ वर्षीय कालुराम थारुको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    दाङको लमही नगरपालिका–७ कप्तानगञ्जस्थित पूर्व–पश्चिम राजमार्गमा रा १ ह ३७४१ नम्बरको अटोले ठक्कर दिँदा स्थानीय ७२ वर्षीय रामबहादुर घर्ती गम्भीर घाइते भएका थिए। उनलाई सञ्जिवनी अस्पताल घोराही लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट देशभर ९२ जना घाइते भएका छन्। घाइतेमध्ये कोशी प्रदेशमा २६, मधेशमा १४, काठमाडौं उपत्यकामा ११, बागमतीमा २, लुम्बिनीमा १३, कर्णालीमा ५ र सुदूरपश्चिममा २१ जना रहेका छन्। घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारबारे थप विवरण सार्वजनिक गरिएको छैन।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार १५:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.