• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कक्रोच जनता पार्टीका दुई माग पूरा गर्न मोदी सरकार तयार, शिक्षामन्त्रीको राजीनामाबारे शनिबार निर्णय हुने

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ८, शुक्रबार २०:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। भारत सरकारले नीट प्रश्नपत्र लिक प्रकरणसँग सम्बन्धित आन्दोलनरत पक्षले अघि सारेका दुई प्रमुख मागमा सैद्धान्तिक सहमति जनाएको छ। ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष रांकाले शुक्रबार सरकारसँग भएको वार्तापछि यसबारे जानकारी दिएका हुन्।

    सामाजिक सञ्जाल एक्समार्फत उनले सरकार नीट परीक्षाबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा आन्दोलनमा सहभागी प्रदर्शनकारीमाथि कुनै कानुनी कारबाही नगर्न तयार भएको बताएका छन्।

    रांकाले लेखेका छन्, “आजको छलफलबाट प्राप्त अपडेटअनुसार सरकार नीट परीक्षाबाट प्रभावित परिवारहरूलाई क्षतिपूर्ति दिन र प्रदर्शनकारीहरूमाथि कुनै कानुनी कारबाही नगर्न सैद्धान्तिक रूपमा सहमत भएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे भने सरकारले भोलिसम्मको समय मागेको छ। केन्द्रीय मन्त्री जेपी नड्डा र डा. जितेन्द्र सिंहलाई सर्वसाधारणमा बढ्दो आक्रोश र असन्तोषबारे जानकारी गराइएको छ, जुन प्रधानको राजीनामा नआएसम्म शान्त हुने अवस्था छैन।”

    भारतीय सञ्चारमाध्यमका अनुसार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको विषयमा भने अझै सहमति हुन सकेको छैन। यसबारे निर्णय दिन सरकारले शनिबारसम्मको समय मागेको बताइएको छ।

    यसैबीच, नीट पेपर लिक प्रकरणलाई लिएर देशभर आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिपरिषद्ले सार्वजनिक परीक्षामा हुने धाँधली तथा प्रश्नपत्र चुहावट रोक्न नयाँ विधेयक स्वीकृत गरेको छ।

    सरकारले स्वीकृत गरेको विधेयकमा प्रश्नपत्र लिक गर्ने वा त्यसमा संलग्न हुने व्यक्तिलाई कडा सजायको व्यवस्था गरिएको छ। दोषी ठहरिएमा १० वर्षसम्म कैद र १० करोड भारतीय रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान राखिएको छ। सरकारले उक्त विधेयक चालु साताभित्रै संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार २०:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.