• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ९, शनिबार ०७:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यसै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसी मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसी मठमा राखिएको दलको बिरुवा आज विधिपूर्वक मठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ।

    धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने धार्मिक विश्वास छ। यही कारण यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। भगवान् विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिन्छ।

    एक वर्षमा २४ वटा एकादशी पर्ने भए पनि सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत गर्ने चलन छ। चार महिनासम्म नियमित व्रत गर्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने गर्छन्।

    हरिशयनी एकादशीका अवसरमा काठमाडौँस्थित बूढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिर तथा देशभरका विष्णु र नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। यस दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने परम्परा छ।

    धार्मिक महत्वका साथै तुलसीको वैज्ञानिक महत्व पनि रहेको मानिन्छ। तुलसीले वातावरण शुद्ध बनाउन सहयोग गर्ने, अक्सिजनको मात्रा बढाउने तथा औषधीय गुणका कारण विभिन्न रोगको उपचारमा उपयोग हुने विश्वास छ। साथै, तुलसी रहेको स्थानमा हानिकारक कीटाणु कम हुने र सकारात्मक ऊर्जा प्रवाह हुने जनविश्वास पनि रहिआएको छ।

    चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। तुलसी विवाह सम्पन्न भएपछि अग्निस्थापना तथा हवनसहित चतुर्मास व्रतको उद्यापन गरिने धार्मिक परम्परा रहेको छ।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार ०७:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.