• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ९, शनिबार ११:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    कैलाली । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ ।

    हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन् । तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ हजार ८१० हुलाक सामग्री ओसारपसार गरिएको छ । तीमध्ये सबैभन्दा धेरै ‘रजिष्ट्री’ चिठीको कारोबार भएको छ । जसमा आयात निर्याततर्फ समान ५२ हजार ६९९ रजिष्ट्री चिठी दर्ता भई सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिश तामाङले जानकारी दिए ।

    विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ । यसमा समान ४७० पत्र आयात निर्यात गरिएका छन् । कार्यालयले २४ घण्टाभित्र प्रदान गर्ने द्रुत डाँक सेवा (ईएमएस) पनि सञ्चालन गरिरहेको छ । यस सेवाबाट वर्षभर दुई हजार ७२३ सामग्री आदानप्रदान गरिएका छन् ।

    हुलाक निर्देशनालयले सञ्चार क्षेत्रको नियमनसमेत निरन्तर गरिरहेको छ । एक वर्षमा २१ वटा अनलाइन सञ्चार माध्यम, ३७ वटा प्रेस प्रतिनिधि परिचयपत्र तथा १५ वटा एफएम रेडियोको इजाजत तथा लाइसेन्स नवीकरण गरिएको छ । राजस्व सङ्कलनतर्फ टिकट बिक्री तथा अन्य शीर्षकबाट रु ६४ लाख ३१ हजार ९०३ राजस्व सङ्कलन भएको निर्देशनालयले जनाएको छ ।

    हुलाक निर्देशक सिद्धराज जोशीले सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि आफूहरुले निरन्तर सेवा दिइरहेको बताए । उनले हुलाक सेवाको महत्त्व, यसको उपयोगितालगायत विषयमा प्रचार गर्ने हुलाक प्रतिनिधिलाई पुनर्ताजगी तालिम, सूचनाको हकसम्बन्धी अन्तरक्रिया, विद्यालयमा हुलाक सेवाबारे कक्षा सञ्चालन तथा हुलाक सेवा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

    “सरकारले हुलाक सेवाको सुधार तथा आधुनिकीकरण गर्ने नीति लिएको छ । एक सय दिने कार्यसूचीको बुँदा नं २७ मा पनि यो विषय समेटिएको थियो । सोअनुसार हामीले प्रदान गर्नुपर्ने सेवा सुरु गरिसकेका छौँ, अब आधुनिक, स्रोतसाधन सम्पन्न बनाएमा यस सेवालाई थप सशक्त बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ”, निर्देशक जोशीले भने । रासस

    Post Views: 41
    प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार ११:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.