• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १०, आईतवार ०९:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल । नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

    नेपाली कांग्रेसको केन्द्रीय समितिले असार अन्तिममै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरे पनि लुम्बिनी प्रदेशमा कांग्रेसका मन्त्रीहरूले अहिलेसम्म पदबाट राजीनामा दिएका थिएनन्। तर शनिबार एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएपछि कांग्रेसका मन्त्रीहरू नैतिक रूपमा सरकारमा बसिरहन नसक्ने निष्कर्षमा पुगेका हुन्।

    हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार मन्त्री रहेका छन्।

    उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले एमालेले नेकपासँग औपचारिक रूपमा सत्ता सहकार्यको सहमति गरेपछि कांग्रेस सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताए।

    ‘सबै मन्त्रीहरू छलफल गरेर सकेसम्म आजै राजीनामा बुझाउने तयारीमा छौं,’ उनले भने। ‘हामी सरकारबाट बाहिरिएपछि पनि उहाँहरूले बहुमत जुटाउन नसके मात्रै कांग्रेसले नयाँ सरकार गठनका लागि आवश्यक कदम चाल्नेछ।’

    यस्तै, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले पार्टी र संसदीय दलको निर्देशनअनुसार नै आफूहरूले निर्णय लिने बताए।

    ‘म उपचारका लागि काठमाडौंमा छु। अहिलेसम्म संसदीय दलका नेताबाट कुनै निर्देशन आएको छैन,’ उनले भने, ‘दलले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्छु।’

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार ०९:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.