• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

न्यूयोर्कमा ४४औँ बी.पी. स्मृति दिवस मनाइयो

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ११, सोमबार १९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जननायक तथा नेपाली लोकतान्त्रिक आन्दोलनका प्रणेता स्वर्गीय विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको ४४औँ स्मृति दिवस अमेरिकामा पनि  मनाइएको छ।

    नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरद्वारा २०२६ जुलाई २६ का दिन स्मृति दिवस मनाइएको हो ।

    कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरका सभापति दिनेश भण्डारीले बी.पी. कोइरालाले स्थापित गर्नुभएको राष्ट्रिय एकता, मेलमिलाप, लोकतन्त्र, समाजवाद तथा नागरिक स्वतन्त्रताका आदर्श र मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै ती मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढ्नु नै उहाँप्रति सच्चा सम्मान हुने धारणा व्यक्त गर्नुभयो।

    उहाँले लामो समयपछि आयोजना हुन गइरहेको नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय तेस्रो ऐतिहासिक महाधिवेशन आगामी अगस्ट १४ देखि १६, २०२६ सम्म वाशिंगटन डी.सी. मेट्रो क्षेत्रमा सम्पन्न हुने जानकारी गराउँदै उक्त महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन सबैमा सक्रिय सहभागिताको आह्वान गर्नुभयो।

    यसैगरी, महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा अगस्ट २, २०२६ मा हुने Summer BBQ तथा बृहत् भेला कार्यक्रममा न्यूयोर्क तथा अमेरिकाभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, शुभेच्छुक तथा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा तथा आह्वान गर्नुभयो।

    कार्यक्रमका क्रममा च्याप्टरका सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थितिमा स्वर्गीय बी.पी. कोइरालाको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो। कार्यक्रम नेपाली जनसम्पर्क समिति अमेरिका, न्यूयोर्क च्याप्टरका महासचिवद्वारा सञ्चालन गरिएको थियो।

    उक्त कार्यक्रम न्यूयोर्कमा सभ्य, गरिमामय र श्रद्धापूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    Post Views: 375
    प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार १९:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.