• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनसरीमा भएको घटनालाई राजनीतिकरण नगर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग ;रास्वपाको माग

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १२, मंगलवार १७:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका विभिन्न जिल्लामा हालै भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।

    पार्टी सभापति रवि लामिछानेले मंगलबार जारी गरेको विज्ञप्तिमा कुनै पनि विवाद वा समस्याको समाधान हिंसाबाट सम्भव नहुने उल्लेख गर्दै अफवाह र उत्तेजनाबाट टाढा रहन आमनागरिक, धार्मिक तथा सामाजिक अगुवा तथा सबै सरोकारवालालाई अपिल गरेका छन्।

    विज्ञप्तिमा संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न तथा अवस्था सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग पार्टी निरन्तर समन्वयमा रहेको जनाइएको छ।

    रास्वपाले घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र शीघ्र छानबिन गर्न तथा दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।

    पार्टीले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै संवाद र सहमतिमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सबै सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ।

    साथै, यस्ता संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सम्बन्धित पक्षसँग आग्रह गर्दै रास्वपाले आफ्ना स्थानीय समिति, सदस्य तथा शुभेच्छुकलाई पनि शान्ति र सद्भाव कायम राख्न सक्रिय र जिम्मेवार भूमिका खेल्न निर्देशन दिएको छ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार १७:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.