• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्री बालेन वरिष्ठ नेतामा मनोनित, यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकबाट पारित ११ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार बसेको बैठकका निर्णयहरू पार्टीका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन्।

    बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमलाई केन्द्रमा राखेर विभिन्न महत्वपूर्ण निर्णय गरेको जनाएको छ।

    रास्वपाले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्ने निर्णय गरेको छ। लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कमजोरीहरूको आत्मसमीक्षा गर्दै अनुभवका आधारमा पार्टीलाई थप सशक्त बनाउन महाधिवेशनको सम्पूर्ण प्रक्रियाको विस्तृत अध्ययन गरिने विज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै, विधानअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी मात्रै रहने गरी पार्टी सचिवालय गठन गरिएको छ। सचिवालयमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहनेछन्।

    बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा प्रधानमन्त्री बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

    यस्तै, सरकारमा सहभागी रास्वपाका मन्त्रीहरूको कार्यसम्पादनलाई थप जनमुखी, प्रभावकारी र उत्तरदायी बनाउन प्रत्येक महिनामा कम्तीमा एक दिन केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा पार्टी कार्यालयमै अनिवार्य समन्वय बैठक गर्ने निर्णय गरिएको छ।

     

    अन्य निर्णयहरू यस प्रकार छन् :

    Post Views: 50
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार ०८:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.