• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अन्तर्राष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार १०:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ।आज अन्तर्राष्ट्रिय मित्रता दिवस हो। यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ।

    व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरेको छ।

    राष्ट्रसङ्घका सदस्य देशका सरकार, अन्तरराष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धन गर्ने कार्यक्रम, अभियान र पहल गर्न उक्त विश्व संस्थाले आह्वान गरेको छ।

    राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रताले शान्ति स्थापनाका प्रयासलाई प्रेरणा दिनुका साथै समुदायहरूबीच विश्वास र सहकार्यको पुल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ यो दिवस घोषणा गरिएको हो।

    राष्ट्रसङ्घको महासभाले विशेषगरी भविष्यका नेतृत्वकर्ता युवालाई विभिन्न संस्कृति र समुदायसँग जोडिएका सामाजिक गतिविधिमा सहभागी गराई अन्तर्राष्ट्रिय समझदारी, विविधताको सम्मान तथा सहिष्णुताको भावना अभिवृद्धि गर्न जोड दिएको छ।

    अन्तर्राष्ट्रिय मित्रता दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणाको निरन्तरता हो। युनेस्कोले शान्तिको संस्कृतिलाई प्रवर्द्धन र हिंसा अस्वीकार, द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्ने तथा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।

    यसै अवसरमा युनेस्कोले मित्रता, सम्मान, विविधताको स्वीकार र आपसी विश्वासबाट नै शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १०:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.