• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई संयोजक दाहालले गरे सम्मान

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार १३:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ।

    सन् २०२६ को मे १४ मा हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सगरमाथाको सफल आरोहण गरेलगत्तै क्याम्प–२ झरेर मे १८ मा ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोही सी जुन्जी र नेपाली पथप्रदर्शक निङ्मा तामाङ र दावा नुरु राई शेर्पालाई सम्मान गरिएको हो।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सन् २०२६ को एउटै सिजनमा ‘नन–स्टप’ (निरन्तर) दुई हिमालको सफल आरोहण गरेको भन्दै आज सम्मान गरेका हुन्।

    अधिकांश आरोही सगरमाथाको सफल आरोहणपछि क्याम्प–४ मा झरेर ल्होत्सेको आरोहण गर्ने गरेपनि सी जुन्जीको टोलीले भने क्याम्प–२ मा झरेर लोत्सेको आरोहण गरेको थियो।

    संयोजक दाहालले सी जुन्जीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गरे। ‘सगरमाथा र ल्होत्सेको लगातार आरोहणले पर्वतारोहीको शारीरिक क्षमता, प्राविधिक सीप र मानसिक दृढताको कडा परीक्षा लिन्छ, सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई थप फराकिलो बनाएको छ’, उनले भने।

    उनले हिमालसँगको आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए। आफ्नो दिवङ्गत छोरा (प्रकाश दाहाल)ले पनि सगरमाथा आरोहण गरेको स्मरण गर्दै उनले हिमाललाई सम्मान गर्ने र सुरक्षित आरोहण गर्ने प्रत्येक पर्वतारोहीप्रति आफ्नो गहिरो आदर रहेको बताए।

    उनले चीन र नेपालबीचको जनस्तरको पर्वतारोहण सम्बन्धले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

    कार्यक्रममा आरोही सी जुन्जीले आफ्नो ऐतिहासिक सफलतामा नेपाली गाइडहरूको पूर्ण सहयोग रहेको बताए।

    उनले आगामी दिनमा पनि हिमालयन पर्वतारोहण र चीन–नेपालमैत्री सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू लाग्ने विश्वास व्यक्त गरे।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १३:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.