• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सहअस्तित्वलाई स्वीकार्दै सद्भाव, एकता र सहकार्यलाई कायम राखौं : देउवा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार २१:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पछिल्ला केही दिनयता मधेशका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

    बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देउवाले नेपालको पहिचान आपसी सहअस्तित्व, सद्भाव, एकता र सहकार्यमा आधारित रहेको उल्लेख गरे। उनले यही मूल्य र परम्परालाई जोगाउन सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

    उनले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई शान्ति, एकता र सहकार्यको भावनालाई आत्मसात् गर्दै धैर्य र संयमता अपनाउन हार्दिक अनुरोध गरेका छन्।

    देउवाले पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

    तनाव थप फैलिन नदिन सरकारले सबै राजनीतिक दलसँग समन्वय र सहकार्य गर्दै तत्काल प्रभावकारी पहल गर्नुपर्ने उनको भनाइ छ। संवाद, सहकार्य र जिम्मेवार राजनीतिक पहलमार्फत वर्तमान परिस्थितिको समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।

    पछिल्ला केही दिनयता तराई–मधेशका विभिन्न जिल्लामा भएका घटनापछि तनाव बढेको छ। यसबीच विभिन्न राजनीतिक दलका नेताहरूले पनि शान्ति, सामाजिक सद्भाव र संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार २१:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.