• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गरौँ –डा शशांक

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १५, शुक्रबार ११:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले सम्पूर्ण नेपाली नागरिकहरूमा संयमता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा हार्दिकता कायम राख्न अपिल गरेका छन् । सुनसरीलगायतका तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको विषम तथा तनावपूर्ण अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै कोईरालाले धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग सम्बन्धित यो विषम परिस्थितीमा सबैमा एकताको आव्हान गरेका हुन् ।

    शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएकाले नेपाली समाज विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्नुपर्ने हाम्रो दायित्व भएको बताए ।

    उनले भने– ‘यहि विविधताका बीचमा हाम्रा पुर्खाले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व कायम गरि सँगै मिलेर बस्ने सस्कृति दिएका छन् । यही विविधताबीचको एकता, आपसी सद्भाव, सहिष्णुता र पारस्परिक सम्मान नै हाम्रो देशको राष्ट्रिय पहिचान र गौरवको आधार हो । यसो भएको हुनाले हामीले हाम्रा पुर्खाले दिएको संस्कृति, देशको राष्ट्रिय पहिचान र गौरवको आधारलाई कायम राख्न आज हामीले नेपाली समाज विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्नुपर्ने हाम्रो दायित्व हो ।’

    उनले नेपाली आफै मिलेर धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउँदै नेपाली–नेपालीबीच कुनै प्रकारको वैमनस्यता, विभाजन वा द्वन्द्व होइन, प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार गर्ने अभियानमा जुटन सकेमात्र समृद्ध, शान्त र एकताबद्ध नेपालको निर्माण सम्भव भएको बताएका छन् ।

    डा कोइरालाले यस संवेदनशील परिस्थितिमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै राज्य संयन्त्रले निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष सक्रियता देखाउन आवश्यक रहेको उल्लेख गरेका छन् । उहाँले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूले समाजमा विश्वास, सहिष्णुता र सद्भावको वातावरण निर्माण गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन् ।

    पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै समाजमा शान्ति, संयम र भाइचाराको सन्देश प्रवाह गर्ने अभियानमा सक्रिय हुनका लागि पनि आग्रह गरेका छन् ।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ११:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.