• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हिमालमै हुर्किए, हिमालमै अस्ताए: पुरबहादुर (युक्त) गुरुङको दुःखद निधन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १५, शुक्रबार १८:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ​गोरखा । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को निधन भएको पुष्टि भएको छ।

    पाकिस्तानको आधिकारिक पर्वतारोहण संस्था अल्पाइन क्लब अफ पाकिस्तान ले शुक्रबार उक्त घटनाको पुष्टि गर्दै ब्रोड पिक क्षेत्रमा चार जनाको शव फेला परेको जनाएको छ। तीमध्ये ओमानकी आरोही नधिरा अल हारथी र नेपाली पर्वतारोही पुरबहादुर गुरुङ को पहिचान भइसकेको क्लबले जानकारी दिएको छ।

    यस्तै, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन ले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै हिमपहिरोमा परी युक्तको निधन भएको पुष्टि गरेको छ। एसोसिएसनले उनको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

    हिमालकै काखबाट विश्वका अग्ला शिखरसम्म

    गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा सन् १९८९ मा जन्मिएका युक्त गुरुङको बाल्यकाल हिमाली बस्तीमै बितेको थियो। ब्रिटिस सेनामा भर्ती हुने सपना बोकेका उनले सशस्त्र द्वन्द्वका कारण त्यो लक्ष्य पूरा गर्न सकेनन्। त्यसपछि उनी मनाङका होटलमा काम गर्न पुगे, जहाँ ट्रेकिङ गाइडहरूसँगको संगतले उनलाई पर्वतारोहणतर्फ आकर्षित गरायो।

    काठमाडौं आएपछि उनले सन् २००९ मा पोर्टरका रूपमा काम सुरु गरे। त्यसपछि किचन हेल्पर, सहायक गाइड, ट्रेकिङ गाइड हुँदै उनी व्यावसायिक पर्वतीय गाइडका रूपमा स्थापित भए। गत डिसेम्बरमा मात्र उनले इन्टरनेशनल माउन्टेन गाइड को प्रमाणपत्र प्राप्त गरेका थिए।

    नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तथा उनका सहकर्मी तुलसिङ गुरुङका अनुसार युक्तले आफ्नो मेहनत, अनुभव र समर्पणका बलमा अन्तर्राष्ट्रिय स्तरका पर्वतीय गाइडको पहिचान बनाएका थिए।

    सगरमाथादेखि केटूसम्म उल्लेखनीय उपलब्धि

    गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोहीका रूपमा चिनिएका युक्तले हालसम्म १० पटक सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए। उनले पहिलो पटक सन् २०११ मा सगरमाथाको शिखर चुमेका थिए।

    यसका साथै उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला १२ वटा हिमाल सफलतापूर्वक आरोहण गरिसकेका थिए। संसारमा रहेका १४ वटा आठहजारे हिमालमध्ये केवल दुई वटा शिखर आरोहण गर्न बाँकी रहेको उनका सहकर्मीहरूले बताएका छन्।

    पाकिस्तानको केटू (K2) हिमाल २४ घण्टाभित्र आरोहण गरेर उनले विशेष कीर्तिमान पनि बनाएका थिए। पर्वतारोहणका अतिरिक्त हिमालमा समस्यामा परेका विदेशी तथा नेपाली आरोहीको उद्धारमा समेत उनी सक्रिय रूपमा खटिने गर्थे।

    हिमालमै टुंगियो जीवनयात्रा

    ब्रोड पिक आरोहणका लागि युक्त तीन साताअघि नेपालबाट पाकिस्तान पुगेका थिए। तर, जीवनभर हिमालसँग संघर्ष गर्दै सफलताको नयाँ उचाइ चुमेका उनी अन्ततः आफ्नै प्रिय हिमालको काखमै सधैंका लागि अस्ताएका छन्।

    ३७ वर्षको उमेरमै नेपाली पर्वतारोहण क्षेत्रले एक अनुभवी, साहसी र समर्पित आरोही गुमाएको छ। उनका योगदान र उपलब्धिहरू नेपाली पर्वतारोहण इतिहासमा सधैं स्मरणीय रहनेछन्।

    Puran-bahadur-gurung-1785500722.jpg​

    ​

    Post Views: 54
    प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार १८:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.