• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १६, शनिबार १७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा निधन भएको छ।

    उनले स्थापना गरेको इलाइट एक्सपेड ले सामाजिक सञ्जालमार्फत पुर्जाको निधन भएको पुष्टि गरेको हो। ब्रोड पिकमा गएको भीषण हिमपहिरोपछि उनीसहित १० जना आरोही बेपत्ता भएका थिए। बेपत्तामध्ये ६ जना नेपाली पर्वतारोही थिए भने शुक्रबार चार जनाको शव फेला परेको थियो।

    गत बिहीबार (साउन १४) पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक मा आरोहणका क्रममा मध्याह्नतिर हिमपहिरो गएको थियो। उक्त अभियानमा पुर्जा टोलीका नेता थिए। ब्रोड पिक विश्वका सबैभन्दा कठिन आरोहण गन्तव्यमध्ये एक मानिन्छ।

    ६ महिनामै १४ वटा आठहजारे हिमाल चढेर बनाएका थिए विश्व कीर्तिमान

    निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी समयमै आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। उनको यो ऐतिहासिक उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको थियो।

    म्याग्दीबाट विश्व पर्वतारोहणको शिखरसम्म

    म्याग्दीमा जन्मिएका पुर्जा बाल्यकाल भने चितवनमा बिताएका थिए। हिमालसँग प्रत्यक्ष सम्बन्ध नभए पनि उनको पहिलो सपना आफ्ना बुबा र दाजुभाइझैँ बेलायती गोरखा सैनिक बन्ने थियो। १८ वर्षको उमेरमा सन् २००३ मा उनी गोरखा सैनिकमा भर्ती भए।

    कुल १६ वर्षको सैनिक सेवामध्ये उनले ६ वर्ष गोरखा र १० वर्ष बेलायतको विशेष फौज (यूके स्पेसल फोर्स–एसबीएस) मा बिताए। सन् २००९ मा उनी एसबीएसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बनेका थिए। त्यहाँ उनले विशेष तथा उच्च जोखिमयुक्त सैन्य अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    छुट्टीको यात्राले बदल्यो जीवन

    सन् २०१२ मा सैनिक सेवाबाट छुट्टीमा रहेका बेला उनले पहिलो पटक सगरमाथा आधार शिविर को यात्रा गरे। यही यात्राले उनलाई पर्वतारोहणप्रति गहिरो आकर्षित बनायो।

    त्यसपछि उनले गाइडसँग प्रशिक्षण लिएर ६,११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल सफलतापूर्वक आरोहण गरे। यही आरोहणबाट सुरु भएको यात्रा केही वर्षमै विश्व पर्वतारोहण इतिहासको एक असाधारण अध्यायमा परिणत भयो।

    नेपालका लागि गौरवपूर्ण कीर्तिमान

    बेलायती सेनाको आकर्षक करियर त्यागेर पर्वतारोहणलाई पूर्णकालीन रूपमा अँगालेका पुर्जाले २०१९ मा विश्वका १४ वटै आठहजारे हिमाल छोटो अवधिमै आरोहण गरी विश्व कीर्तिमान बनाए।

    उनको नेतृत्वमा सन् २०२१ मा १० नेपाली पर्वतारोहीको टोलीले पहिलो पटक जाडो याममा केटु (K2) आरोहण गर्दै अर्को ऐतिहासिक कीर्तिमान पनि कायम गरेको थियो। यो उपलब्धिलाई विश्व पर्वतारोहण इतिहासकै महत्वपूर्ण सफलतामध्ये एक मानिन्छ।

    विश्व पर्वतारोहणमा नेपाललाई नयाँ उचाइ दिलाएका निर्मल पुर्जा (निम्स दाइ) को निधनले नेपाली पर्वतारोहण क्षेत्रले एक साहसी, प्रेरणादायी र विश्वप्रसिद्ध व्यक्तित्व गुमाएको छ।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.