• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १७, आईतवार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका साथै सुशासनलाई संस्थागत गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी सुरु गरेको छ ।

    कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक प्रशासन र व्यवस्थापन तथा शैक्षिक प्रशासनमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी आजदेखि सुरु भएको हो । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमले विश्वविद्यालयले प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।

    विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसनदत्त भट्टको अध्यक्षता तथा राष्ट्रिय योजना आयोगका सदस्य एवं कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा डा. सुदन झाले उद्घाटन गरे। कार्यशालामा विश्वविद्यालयका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको सूचना अधिकारी बमले जानकारी दिए । कार्यशालामा आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल तथा प्रशिक्षण दिइने छ ।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार ०९:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.