• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १७, आईतवार १०:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+
    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा नेपाली पर्वतारोहीहरूको निधनलाई नेपालको पर्वतारोहण इतिहासको अत्यन्तै दुःखद् घटना भएको बताएका छन्।

    आइतबार शोक वक्तव्य जारी गर्दै उनले विश्व पर्वतारोहणमा नेपाललाई नयाँ उचाइमा पुर्‍याएका पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित उनका साहसी सहयात्री पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    पोखरेलले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाले नेपाल र नेपालीको गौरव अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको उल्लेख गरेका छन्। यस्ता साहसी पर्वतारोहीहरूको असामयिक निधनले राष्ट्रले अपूरणीय क्षति बेहोरेको उनको भनाइ छ।

    उनले असम्भवलाई सम्भव बनाउने साहस, दृढता र सङ्कल्पका प्रतीक बनेका नेपाली पर्वतारोहीहरू सधैँका लागि हिमालकै काखमा विलीन हुनु समग्र राष्ट्रका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन्। पर्वतारोहण क्षेत्रले मात्र होइन, मुलुकले आफ्ना अमूल्य राष्ट्रिय धरोहर गुमाएको उनको टिप्पणी छ।

    महासचिव पोखरेलले दिवङ्गत पर्वतारोहीहरूको राष्ट्रप्रतिको योगदानको उच्च सम्मान गर्दै पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १०:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.