• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘डिजिटल अर्थतन्त्रका लागि ‘ग्राण्ड रिफर्म’ र नीतिगत स्पष्टता आवश्यक’ : गगन थापा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १७, आईतवार १८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपालको डिजिटल अर्थतन्त्र र सूचना प्रविधि क्षेत्रको विकासका लागि व्यापक नीतिगत सुधार (ग्राण्ड रिफर्म) को आवश्यकता रहेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतवार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगार र पहुँच विश्व बजार’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले स-सानो सुधारले मात्र यो क्षेत्रमा फड्को मार्न नसकिने उल्लेख गरे ।

    सभापति थापाले वर्तमान सरकार, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू सहभागी सरकारको डिजिटल अर्थतन्त्रप्रतिको धारणा र प्रतिविद्धतामा स्पष्टता खोजेका छन् । सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी स्टार्टअपलाई प्रोत्साहन गर्न कर प्रणाली प्रतिस्पर्धी र अनुमानयोग्य हुनुपर्नेमा उनले जोड दिए ।

    नेपाली काँग्रेस राष्ट्रिय सभाको ठुलो दल भएको हैसियतले डिजिटल इकोनोमीसँग सम्बन्धित कानुनहरूलाई परिमार्जन गर्न नेतृत्वदायी भूमिका खेल्ने उनले बताए । राष्ट्रिय सभाबाट कानुन संशोधनको प्रक्रिया अघि बढाएर प्रतिनिधि सभालाई समेत सहमत गराउन सकिने उनको भनाइ छ ।

    डिजिटल प्लेटफर्ममा आधारित रोजगारी (जस्तै: पठाओ, इनड्राइभर आदि) मा संलग्न युवाहरूको सामाजिक सुरक्षाको विषयलाई संसद्मा बहसको विषय बनाइनुपर्ने थापाले बताए ।

    नयाँ प्रकृतिका रोजगारीलाई सामाजिक सुरक्षाको दायरामा कसरी ल्याउने भन्ने विषयमा ठोस नीतिको खाँचो रहेको उनको भनाइ छ । नेपालको शैक्षिक उत्पादन र बजारको मागबीच ठुलो खाडल (मिसम्याच) रहेको भन्दै उहाँले चिन्ता व्यक्त गरे ।

    डिजिटल डिभाइड (पहुँचको खाडल) ले भोलिका दिनमा झन् ठुलो सामाजिक असमानता निम्त्याउने भन्दै उनले सरकारी विद्यालयमा प्रविधिको उच्चतम प्रयोग गर्न स्थानीय सरकारहरूलाई आग्रह गरे ।

    डिजिटल गभर्नेन्सका नाममा सफ्टवेयर खरिद गर्ने मात्र नभई, त्यसले नागरिकको समय र लागत घटाए/नघटाएको मूल्यांकन गर्नुपर्नेमा थापाले जोड दिए । बागमती प्रदेश सरकारले डिजिटल क्षेत्रमा केही सकारात्मक सुरुवात गरेको उल्लेख गर्दै उनले अन्य प्रदेश र स्थानीय तहले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १८:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.