• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १९, मंगलवार ०८:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता तथा विदेशी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ नेपाल गुणस्तर (एनएस) चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आह्वान गरेकी छन् ।

    मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी तथा विभागका अन्य अधिकारीहरूसँग भएको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

    उनले नेपालमै उत्पादन भएका वस्तुहरूलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री–वितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन नेपाल गुणस्तर चिन्ह आवश्यक रहेको बताइन् । यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने र गुणस्तर चिन्ह प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको उनले जानकारी दिइन् ।

    मन्त्री यादवले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा बिक्री–वितरण गर्न सहज हुने उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने बताइन् ।

    हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन् । पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले समेत नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यद्यपि अझै धेरै उद्योग तथा कम्पनीहरूले नेपाल गुणस्तर चिन्ह लिन बाँकी रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले आह्वान गरेको छ ।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार ०८:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.