• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

युक्रेनी ड्रोन समुद्री तटमा खस्दा रुसमा सात जनाको मृत्यु, ४० घाइते

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १९, मंगलवार ०८:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मस्को । दक्षिणी रुसको व्यस्त समुद्री तटमा ड्रोन खस्दा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

    सामाजिक सञ्जालको भिडियोमा ड्रोन चट्टानतर्फ उड्दै गएपछि समुद्री तटमा ठोक्किएर विस्फोट भएको देखिन्छ। घटनाका बेला समुद्र किनार र पानीमा रहेका पर्यटकहरूमा भागदौड मच्चिएको थियो।

    रुसी अधिकारीहरूले युक्रेनमाथि नागरिकलाई लक्षित गरेर जानाजानी आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन। दुवै पक्षले नागरिकलाई नियतवश निशाना नबनाउने दाबी गर्दै आएका छन्।

    ड्रोनको वास्तविक लक्ष्य के थियो भन्ने अझै स्पष्ट भएको छैन। केही युक्रेनी टेलिग्राम च्यानलहरूले विद्युतीय अवरोधका कारण ड्रोनको सिग्नल अवरुद्ध भएपछि समुद्री तटमा खसेको दाबी गरेका छन् ।

    त्यक्षदर्शीहरूका अनुसार विष्फोटअघि गोली चलेको आवाज सुनिएको थियो, जसले रुसी हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्ने प्रयास गरेको हुन सक्ने संकेत गर्छ।

    घटना ब्ल्याक सी किनारस्थित आर्खिपो–ओसिपोभ्का गाउँ नजिकको समुद्री तटमा भएको हो। यो क्षेत्र रुसी पर्यटकहरूको लोकप्रिय गन्तव्य मानिन्छ।

    युक्रेनले पछिल्लो एक वर्षयता रुसभित्र ऊर्जा पूर्वाधार र सैन्य प्रयोजनमा प्रयोग हुने गोदामहरूमा लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। यस्ता आक्रमणमा पछिल्लो सप्ताहन्त मात्रै रुसका विभिन्न सहरमा आठ नागरिकको मृत्यु भएको थियो।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार ०८:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.