गण्डकी । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै बिहीबार बिहान ५ बजेसम्म उक्त सडकमा सवारी सञ्चालन रोकिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेपछि सुरक्षा सतर्कताका रूपमा यो निर्णय गरिएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडक मुक्तिनाथ हुँदै कोरला नाकासम्म पुग्ने प्रमुख मार्ग हो। सम्भावित पहिरो, बाढी तथा अन्य विपद्का कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा यातायात सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।
Post Views: 34






