• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनलाई सर्वोच्चबाट सफाइ

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १३:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे मिलन’ले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। सर्वोच्च अदालतले विशेष अदालतको सफाइको फैसला सदर गरेसँगै उनीविरुद्धको उक्त मुद्दा टुंगिएको हो।

    न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले बिहीबार विशेष अदालतको निर्णयलाई सदर गरेको हो। यसअघि विशेष अदालतको फैसलाविरुद्ध नेपाल सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूमाथि अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको, धम्की दिएर रकम असुलेको तथा त्यस्तो रकमलाई वैध देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाइएको थियो।

    अभियोगपत्रमा चक्रे मिलनले करिब ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। विभागका अनुसार काठमाडौँमा ७ आना जग्गा तथा परिवारका सदस्यको नाममा काठमाडौँ र गोरखामा करिब ३० रोपनी जग्गासहित झन्डै ७ करोड रुपैयाँ बराबरको सम्पत्ति फेला परेको दाबी गरिएको थियो।

    यसै मुद्दामा प्रतिवादी रहेका राजीव गुरुङ ‘दीपक मनाङे’ले भने २०७४ माघ १० गते नै विशेष अदालतबाट सफाइ पाइसकेका थिए।

    यता, यही मुद्दाका अन्य प्रतिवादी गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीविरुद्धको मुद्दा भने अझै सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १३:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.