• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक’ : भीष्मराज आङदेम्बे

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १३:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेकाले यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूको समीक्षा गर्दै आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन्।

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संविधान पुनर्लेखनको आवश्यकता नभई १० वर्षको अभ्यासबाट देखिएका जटिलता र चुनौतीहरूलाई संशोधनमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए।

    उनका अनुसार संविधान कार्यान्वयनका क्रममा आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, मुस्लिम तथा थारु समुदायले भोगेका समस्याको पहिचान गरी आवश्यक संशोधनमार्फत समाधान खोज्नुपर्छ।

    आङदेम्बेले पछिल्लो समय लोकप्रियता हासिल गर्ने उद्देश्यले संविधानविरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व भड्काउने प्रयास बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। जिम्मेवार र गैरजिम्मेवार दुवै तहका केही व्यक्तिले जनभावनासँग खेल्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाउँदै उनले यस्ता प्रवृत्तिप्रति आदिवासी जनजाति समुदाय विशेष रूपमा सचेत रहनुपर्ने बताए।

    उनले भने, ‘हामी संविधानको पुनरावलोकन गर्ने चरणमा पुगेका छौं। यो नयाँ संविधान बनाउने वा पुनर्लेखन गर्ने विषय होइन, बरु १० वर्षको अभ्यासमा देखिएका कमजोरी सुधार्ने प्रक्रिया हो। दशकौंको संघर्ष र ठूलो बलिदानबाट प्राप्त संविधानले सुनिश्चित गरेका अधिकारको रक्षा गर्न सकिएन भने आगामी पुस्ताले फेरि उही संघर्ष दोहोर्‍याउनुपर्ने अवस्था आउन सक्छ।’

    आङदेम्बेले भावनामा बगेर कसैको ‘इमोसनल ब्ल्याकमेल’मा नपर्न आग्रह गर्दै पहिचान र अधिकारको सुनिश्चितता लोकतन्त्र र लोकतान्त्रिक शक्तिबाट मात्रै सम्भव हुने बताए। नेपाली कांग्रेसले सबै समुदायको अस्तित्व, इतिहास र अधिकारलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास पनि उनले व्यक्त गरे।

    उनले लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन कांग्रेसका नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    Post Views: 45
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १३:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.