• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

‘सर्वोच्चको आदेशको सम्मान गर्छौं, विशेष महाधिवेशन अझ आवश्यक’

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १४:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशलाई सम्मान गर्ने बताएका छन्। उनले विशेष महाधिवेशनबाट भएका निर्णयहरू कानुनी रूपमा वैधानिक रहेको र त्यसको पुष्टि सर्वोच्च अदालतबाट पुनः हुने विश्वास व्यक्त गरे।

    शुक्रबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सर्वोच्चको आदेशपछि स्वाभाविक रूपमा केही प्रश्न उठे पनि कांग्रेस अदालतको प्रक्रियाप्रति पूर्ण सम्मानका साथ अघि बढ्ने स्पष्ट पारे।

    ‘हिजो सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता विवादमा एउटा आदेश आएको छ। त्यसबाट स्वाभाविक रूपमा केही प्रश्न उठेका छन्। हाम्रो स्पष्ट धारणा के हो भने हामी उक्त निर्णयलाई सम्मान गर्छौं,’ उनले भने।

    थापाले कांग्रेसको विधानअनुसार सार्वभौम महाधिवेशन प्रतिनिधिको बहुमत उपस्थितिमा विशेष महाधिवेशन सम्पन्न भएको र त्यसको वैधानिकता निर्वाचन आयोगले स्वीकार गरिसकेको बताए। सर्वोच्च अदालतले पनि त्यसलाई स्वीकार गरिसकेको उल्लेख गर्दै उनले आवश्यक परे पुनः पुष्ट्याइँ हुने प्रक्रियालाई पनि सकारात्मक रूपमा लिने धारणा राखे।

    ‘विशेष महाधिवेशनको वैधानिक मान्यता निर्वाचन आयोगले दिइसकेको छ। त्यसलाई सर्वोच्च अदालतले पनि स्वीकार गरिसकेको छ। अब फेरि पुष्ट्याइँ गर्नुपर्ने भनेको छ भने त्यसलाई पनि हामी सम्मान गर्छौं,’ उनले भने।

    सभापति थापाले पार्टी नेतृत्वमा रहँदा आफ्नो जिम्मेवारीप्रति सदैव सचेत रहेको उल्लेख गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास निरन्तर जारी रहने बताए। विशेष महाधिवेशनमा सहभागी हुन नसकेका नेता–कार्यकर्तालाई समेत आगामी पन्ध्रौं महाधिवेशनसम्म पार्टीको मूलधारमा समेट्ने प्रयास भइरहेको उनले जानकारी दिए।

    Post Views: 36
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १४:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.