• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता जनाइएको छ ।

    आज कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रममा सरोकार भएकाहरूले ११ बुँदे सङ्कल्पसहित पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रदेशको विपद् व्यवस्थापन प्रणालीमा जोड्ने प्रतिबद्धता जनाएका हुन् ।

    सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय पूर्वानुमानमा आधारित पूर्वकार्यको स्थानीयकरण तथा अभ्याससम्बन्धी संवादपछि प्रतिबद्धतापत्र जारी गर्दै राष्ट्रिय पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रदेश र स्थानीय तहका नीति, योजना, बजेट र कार्यक्रममा समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ ।

    यस्तै, पूर्वसूचना प्रणाली, निर्णय सहयोग प्रणाली तथा पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी संयन्त्रलाई सुदृढ बनाउँदै समुदायसम्म सूचना पुर्‍याउने प्रतिबद्धता जनाइएको छ ।

    विपद्को जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहको सहभागिता र संरक्षणलाई प्राथमिकता दिने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।

    त्यसैगरी, विपद् जोखिम व्यवस्थापनका लागि जलवायु परिवर्तन तथा पूर्वानुमानसम्बन्धी तथ्याङ्क, सूचना, प्रविधि, अनुसन्धान र असल अभ्यासको नियमित आदानप्रदान तथा उपयोग गर्ने, तीनै तहका सरकारबीचको समन्वय तथा विकास साझेदार, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिक समाजसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइएको छ ।

    पूर्वानुमानमा आधारित पूर्वकार्यलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत क्षमता, स्रोत परिचालन तथा वित्तीय लगानी अभिवृद्धि गर्ने र त्यसका लागि संयुक्त प्रयास गर्ने पनि प्रतिबद्धता जनाइएको छ ।

    साथै विपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनका क्षेत्रमा प्रकृतिमा आधारित समाधान, समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील विकासका अभ्यासलाई प्रवर्द्धन र विस्तार गर्ने, प्रतिबद्धतालाई नीतिगत कार्यान्वयनमा लैजाने र आवश्यक नीति, योजना तथा कार्यक्रम अघि बढाउने सहमति गरिएको छ ।

    प्रतिबद्धतापत्रमा सुदूरपश्चिम प्रदेशलाई पूर्वानुमानमा आधारित पूर्वकार्य कार्यान्वयनको अग्रणी प्रदेशका रूपमा विकास गर्दै ज्ञान, नेतृत्व, समन्वय र सहकार्यको निरन्तरता दिने लक्ष्यसमेत अघि सारिएको छ ।

    यस्तै, विपद् सूचना तथा पूर्वसूचनाको प्रसार र त्यसको प्रभावकारिता बढाउँदै जोखिममा रहेका समुदायलाई समयमै सुरक्षित गर्ने तथा समुदायमा रहेका सामुदायिक विपद् व्यवस्थापन समितिलाई सशक्त बनाउने प्रतिबद्धता जनाइएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) सान परियोजा, मर्सीकोर नेपाल र द कोकाकोला फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रसाद जोशी, पुनर्वास नगरपालिका प्रमुख तोयप्रसाद शर्मा, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, पुनर्वास नगरपालिकाका उपप्रमुख भुलियाकुमारी राना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का उपसचिव राजेन्द्र शर्मा, मर्सीकोर नेपालका कल्पना बस्याल, जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जयकुमार साहलगायतले प्रतिबद्धता कार्यान्वयन गर्न सामुदायिक पहलको आवश्यकता औँल्याएका थिए ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १६:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.