• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

संसद् बैठक बीचैमा छाडेर हिँड्ने प्रवृत्ति रोक्न रास्वपाको पहल : सांसदहरूको हाजिरी विश्लेषण गरिँदै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १८:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं। संसद् बैठकमा सांसदहरूको उपस्थिति पातलिँदै गएको र बैठक सुरु भएपछि बीचैमा छाडेर हिँड्ने प्रवृत्ति बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको हाजिरी विश्लेषण गर्ने भएको छ।

    सांसदहरूको यस्तो व्यवहारले संसद्को गरिमा र प्रभावकारिता कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै रास्वपा संसदीय दलले विगतका केही निश्चित बैठकहरूको हाजिरी विवरण संकलन गरी विस्तृत अध्ययन सुरु गरेको हो।

    रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार २०८३ असार ३० र ३१ गते तथा साउन १४, १८ र २२ गते बसेका संसद् बैठकहरूको उपस्थिति हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गर्न लागिएको छ।

    यसका लागि रास्वपा संसदीय दलका सचेतकद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

    मुख्य सचेतक बुर्लाकोटीले संसद्लाई मर्यादित, उत्तरदायी र प्रभावकारी बनाउन तथा सांसदहरूको उपस्थिति सुनिश्चित गराउन यो कदम चालिएको बताएका छन्। प्रतिवेदन प्राप्त भएपछि प्राप्त निष्कर्षका आधारमा संसदीय दलले आवश्यक निर्णय लिने बताइएको छ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १८:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.