• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जुम्लामा ४८ करोड राजस्व संकलन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २३, शनिबार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जुम्ला ।आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा रु ४८ करोड एक लाख २२ हजार राजस्व संकलन गरेको छ ।

    कार्यालयले उक्त आवमा रु ६४ करोड ४८ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले जानकारी दिए ।

    राजस्व संकलनका विभिन्न शीर्षकमध्ये आयकरतर्फ रु ३५ करोड ८१ लाख ५२ हजार, मूल्य अभिवृद्धि कर (मु.अ.कर) तर्फ नौ करोड ८८ लाख नौ हजार, अन्तःशुल्कतर्फ रु ८८ लाख ५८ हजार र अन्यतर्फ रु एक करोड ४३ लाख तीन हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत घिमिरेले बताए।

    करदाता शिक्षालाई थप प्रभावकारी बनाउन निर्माण व्यवसायीलगायत ठूला तथा साना व्यवसायीलाई प्राथमिकता दिई करदाता सेवासम्बन्धी कार्य सञ्चालन हुँदै आएको उनले बताए। कर कानुनबमोजिम लक्षित राजस्व संकलन गर्ने, कर परीक्षण तथा अनुसन्धान गरी कर कानुनको परिपालना गराउने तथा अन्तःशुल्कसम्बन्धी कार्यसमेत सञ्चालन भइरहेको उनको भनाइ छ ।

    कार्यालयले गत आवको वैशाखदेखि असारसम्म ७४ पटक बजार अनुगमन गरेको जनाएको छ । यस अवधिमा सातवटा अग्रिम करकट्टी परीक्षण, एकवटा पूर्ण कर परीक्षण, २० वटा द्रुत कर परीक्षण, १९ वटा संकलन भ्रमण र पाँच पटक करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

    चालु आवमा आयकर संकलन अघिल्लो आवको तुलनामा केही वृद्धि भए पनि मूल्य अभिवृद्धि कर संकलनमा भने कमी आएको कार्यालयले जनाएको छ । व्यापार–व्यवसायमा आएको मन्दी तथा विकास निर्माणका कार्य गर्ने सरकारी निकायमा भएको कम पुँजीगत खर्चलगायत कारणले मुअकर संकलनमा कमी आएको कार्यालयको भनाइ छ ।

    कार्यालयका अनुसार हालसम्म मुअ करतर्फ एक हजार ७५०, आयकरतर्फ १७ हजार ८४ र अन्तःशुल्कतर्फ ५६५ करदाता दर्ता भएका छन् ।

    आन्तरिक राजस्व कार्यालय जुम्लाको कार्यक्षेत्र जुम्लासहित मुगु र कालीकोट जिल्लासम्म रहेको छ । कार्यालयको समन्वयमा कालीकोटको तिलागुफा र रास्कोट नगरपालिकाबाट समेत करदाता सेवा सञ्चालन हुँदै आएको कार्यालयले जनाएको छ ।

    कार्यालयले आर्थिक वर्ष २०८१-८२ मा रु ५१ करोड ४१ लाख राजस्व संकलन गरेको थियो ।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार १८:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.