• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २४, आईतवार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

    सभापति गगन थापाका अनुसार बैठकले पछिल्लो समय पार्टीसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्नेछ। बैठक दुईदेखि तीन दिनसम्म चल्ने उनले बताएका छन्।

    ‘केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने नै छौं। दुई–तीन दिन बैठक चल्छ,’ सभापति थापाले भने, ‘बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने छ।’

    संस्थापन इतर समूहले आगामी २९ साउनमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर पार्टीभित्र देखिएका विवादबारे छलफल गर्न लागेको हो। इतर समूहका नेताहरूले भेलाअघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल गठनसम्मको विकल्प अघि बढाउने चेतावनी दिँदै आएका थिए।

    यद्यपि, सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकनको बाटो खुला गरेसँगै तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ।

    प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुरुदेखि सुनुवाइ गर्न आदेश दिएको थियो।

    केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो। कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी बैठक बसेर एजेन्डा निर्धारण गर्ने परम्परा रहँदै आएको छ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार ०८:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.