• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २४, आईतवार ११:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इलाम। माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पारे। अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गरे। ‘गत वर्ष अदुवाको मूल्य थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,’उनले भने।

    पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गरेका उनले २० मन बीउ राखेर बाँकी बेचे। उनले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष २० मन बीउ रोपेका छन्। उनले भने, ‘पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु।’

    माङसेबुङ–२ का अर्का किसान राजकुमार राईले गत वर्ष अदुवा बेचेर रु दुई लाख बढी आम्दानी गरे। पचास मन अदुवा रु चार हजारका दरले बेचेका उनले यस वर्ष २० मन रोपेका छन्। यस वर्ष आम्दानी बढाउने उनको लक्ष्य छ। ‘परिवारको घरखर्च र छोराछोरीको पढाइ खर्च अदुवाको आम्दानीले नै धान्ने गरेको छ,’उनले भने, ‘यस वर्षदेखि खेती बढाएकाले आउँदो वर्षदेखि केही रकम बचत हुनसक्छ।’

    माङसेबुङ–३ का किसान तेजु राईले यस वर्ष ६० मन अदुवा रोपेका छन्। दश रोपनीमा व्यावसायिक खेती थालेका उनले यसअघि १० मन बीउ माटोमा उपयोग गरेका थिए। जिल्लाका किसान अदुवाप्रति आकर्षित भएकाले आफू पनि व्यावसायिक खेतीतर्फ अग्रसर भएको उनी बताउँछन्। आकर्षक आम्दानीका कारण धान र अन्य खेती छाडेर किसान अदुवाखेतीमा लागेका उनको कथन छ।

    उत्पादनका बेला प्रतिमन रु चार हजार ५०० सम्म पुगेको अदुवाको भाउ अहिले माउ प्रतिमन रु सात हजारसम्म पुगेको छ। बच्चा र माउको मनासिव मूल्य पाएपछि किसानहरु अदुवाखेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको छ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार ११:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.