• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पूर्वमन्त्री गोविन्दराज जोशीले पाए सबै कैद छुट

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २४, आईतवार १९:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले भ्रष्टाचार मुद्दामा तोकिएको बाँकी कैद सजायबाट उन्मुक्ति पाएका छन्। विशेष अदालत र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशीले अब जेल सजाय भुक्तान गर्नुपर्ने छैन।

    ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई कैद सजायमा ७५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार जोशीले असार २४ गते कैद छुटको माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भएको थियो। बहुमतका आधारमा इजलासले उनलाई कैद छुट दिने आदेश गरेको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा जोशी यसअघि नै ३ महिना १७ दिन थुनामा बसेका थिए। सोही अवधिलाई आधार बनाएर बाँकी कैद सजाय छुट गर्न उनले माग गरेका थिए।

    तर, कैद छुटको सुविधा लिनका लागि व्यक्ति कारागारमा बसेको हुनुपर्ने वा नपर्ने विषयमा न्यायाधीशहरूबीच मतभेद देखिएको थियो। न्यायाधीशद्वय पौडेल र कोइरालाले कारागारमा नबसे पनि ज्येष्ठ नागरिकले कैद छुटको सुविधा पाउन सक्ने राय दिएका थिए। अर्का न्यायाधीश रावलले भने कारागारमा बसेका व्यक्तिले मात्रै यस्तो सुविधा माग गर्न सक्ने मत राखेका थिए।

    जोशीलाई विशेष अदालतले २०६९ साउन १० गते भ्रष्टाचार मुद्दामा १ वर्ष ६ महिना कैद तथा २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेष अदालतको फैसला केही उल्ट्याउँदै २०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

    सर्वोच्चबाट कैद तथा जरिवाना तोकिए पनि जोशीले उक्त कैद सजाय भुक्तान गरेका थिएनन्। अब ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनको बाँकी कैद छुट भएको हो।

    नेपाली कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशी पछिल्लो समय पार्टीभित्र छुट्टै समूह सञ्चालन गर्दै आएका छन्।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार १९:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.