• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २५, सोमबार ०७:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड तथा धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ ।

    गाउँपालिकाका विभिन्न वडामा रहेका प्राकृतिक तथा धार्मिकस्थलमा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको छ । वडा नं ४ जगतमा रहेको तातोपानी कुण्ड र वडा नं ६ बाहुनडाँडाको तातोपानी कुण्ड पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् । प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वाससमेत रहेको छ ।

    गाउँपालिकाका विभिन्न डाँडाबाट हिमशृङ्खलासहित आसपासका मनोरम भू–दृश्य अवलोकन गर्न सकिन्छ । वडा नं ३ मा रहेको हर्सिङडाँडा भने प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक महत्व बोकेको स्थल हो । राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा परिचित हर्सिङडाँडालाई पर्यटनसँग जोडेर विकास गर्न सके थप पर्यटक भित्र्याउन सकिने स्थानीयको विश्वास छ ।

    मर्स्याङ्दीको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक कला, संस्कृति र परम्पराले पनि पर्यटक आकर्षित गर्ने प्रशस्त सम्भावना बोकेको छ । विभिन्न समुदायले मनाउने चाडपर्व, परम्परागत नाचगान तथा सांस्कृतिक गतिविधिले गाउँपालिकाको पहिचानलाई जीवन्त बनाएका छन् ।

    घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे र तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला तथा संस्कृतिको संरक्षणसँगै समुदायको आयआर्जनमा समेत योगदान पुग्ने देखिन्छ ।

    मर्स्याङ्दी गाउँपालिकाका विभिन्न वडा अन्नपूर्ण पदमार्ग तथा बेँसीसहर–चामे सडकसँग जोडिएका छन् । यसले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यतर्फ आकर्षित गर्ने अवसरसमेत सिर्जना गरेको छ । विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रुलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्‍याउन सकिने स्थानीय बताउँछन् ।

    स्थानीयवासी पूर्णबहादुर गुरुङका अनुसार मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान, संरक्षण, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकासमा ध्यान दिन सके स्थानीय समुदायले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ ।

    हर्सिङडाँडाको सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्ने प्रयाससमेत सुरु भएको छ । भक्ति थापासँग जोडिएको ऐतिहासिक पहिचानलाई आधार बनाएर पर्यटक आकर्षित गर्न आफूले पर्यटनलक्षित व्यवसाय सञ्चालन गरिरहेको गुरुङले बताए । प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वलाई एकैसाथ प्रवर्द्धन गर्न सके हर्सिङडाँडा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उनको विश्वास छ ।

    गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि आधारसमेत थप बलियो बन्दै गएको छ । पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न तथा घरबासजस्ता पूर्वाधार व्यवस्थित गर्न सके पर्यटनले थप गति लिन सक्ने स्थानीयको अपेक्षा छ ।

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले मर्स्याङ्दी पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले तिनको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताए । पर्यटक आकर्षित गर्ने कार्यक्रम, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात पहुँच विस्तारमा गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ ।

    “यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ”, अध्यक्ष गुरुङले भने ।

    अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र प्रभावकारी प्रचारप्रसारलाई एकसाथ अघि बढाउन सके मर्स्याङ्दी गाउँपालिका लमजुङकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने देखिन्छ ।

    Post Views: 28
    प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार ०७:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.