• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तीन बुँदे सहमति कार्यान्वयन गर्न ओली र प्रचण्डद्वारा ५ बुँदे निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २६, मंगलवार १८:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँडका लागि ५ बुँदे निर्देशन जारी गरेका छन् ।

    गत साउन ९ गते दुई दलबीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न शीर्ष नेताद्वयले मंगलबार उक्त निर्देशन जारी गरेका हुन् ।

    निर्देशनअनुसार प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेशसभामा दलहरूको सिट संख्यालाई मुख्य आधार बनाइनेछ । सोही अनुपातमा मन्त्रालयको संख्या निर्धारण गरिनेछ भने मुख्यमन्त्री र सभामुखलगायतका जिम्मेवारीलाई समेत समग्र शक्ति सन्तुलनमा गणना गरिने व्यवस्था गरिएको छ ।

    मन्त्रालय बाँडफाँड गर्दा दलहरूलाई पालैपालो प्राथमिकता दिने सहमति भएको छ । पहिलो चरणमा मुख्यमन्त्रीको जिम्मेवारी नलिएको दलले मन्त्रालय छनोट गर्नेछ । त्यसपछि मुख्यमन्त्री रहेको दलले दोस्रो मन्त्रालय छनोट गर्ने र यही क्रमअनुसार बाँकी मन्त्रालय बाँडफाँड गरिनेछ ।

    दुई दलको सहकार्यबाट मात्र प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत नपुग्ने अवस्थामा तेस्रो दललाई समेत सरकारमा सहभागी गराउन सकिने व्यवस्था गरिएको छ । यस्तो अवस्थामा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने र बाँकी मन्त्रालयका हकमा साविककै प्रावधान लागू हुने निर्देशनमा उल्लेख छ ।

    त्यस्तै, प्रदेशमा राजनीतिक स्थिरता कायम गर्दै सङ्घीयता सुदृढीकरण, सुशासन र विकासलाई प्रभावकारी बनाउन प्रदेश सरकारले न्यूनतम साझा प्रतिबद्धता तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    ओली र प्रचण्डको यो निर्देशनले प्रदेश तहमा देखिँदै आएको सत्ता समीकरणको अन्योल हटाउँदै दुई दलबीचको सहकार्यलाई थप व्यवस्थित र दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ ।

    Post Views: 65
    प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार १८:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.