• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २९, शुक्रबार १२:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    मुख्यमन्त्रीका लागि भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख मियाँसमक्ष दाबी पेस गरेका थिए। नेकपालाई नेकपा एमालेको समर्थन रहेको छ।

    यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए।

    भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने तयारी गरिएको नेकपाका एक सांसदले जानकारी दिए। नयाँ मुख्यमन्त्रीले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

    नेकपा र एमालेबीच यसअघि नै मन्त्रालय भागबन्डामा सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्नेछ।

    स्रोतका अनुसार एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषि मन्त्रालयमध्ये दुई मन्त्रालयको नेतृत्व पाउनेछ।

    यसअघि असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले बिहीबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका थिए। लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १२:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.