• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसमा मेरै गोरुको बाह्रै टक्काको स्थिती, आन्तरिक एकताका लागि दुवैपक्ष लचक नहुँदा विभाजनको जोखिम कायमै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३०, शनिबार ०९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आज दोस्रो दिन पनि जारी छ । हिजो पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको भेलाको आज बन्द शत्र शुरु भएको हो । बन्दसत्रको पहिलो दिन आज विभिन्न प्रस्तावहरू प्रस्तुत हुने आयोजक समितिका संयोजक डा. शंशांक कोईरालाले जानकारी दिएका छन् ।

    संयोजक कोईरालाका अनुसार बन्द शत्रमा नेता विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव , पूर्व मन्त्री डाक्टर प्रकाशशरण महतको आर्थिक प्रस्ताव , एनपी साउदको समसामयिक विषय प्रस्ताव, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र नेता रमेश लेखकले कानुन तथा विधान संसोधन सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।

    नेता लेखकको प्रस्तावमा समितिले पार्टीको विशेष महाधिवेशन बोलाउने प्रक्रियालाई समेत स्पष्ट पार्ने तयारी गरिएको छ । प्रस्तावमा केन्द्रीय कार्यसमितिको कार्याकाल सकिन ६ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा, राष्ट्रिय निर्वाचन हुन ६ महिना वा त्योभन्दा कम अवधि बाँकी रहेको अवस्थामा र पार्टीले केन्द्रीय महाधिवेशनको कार्यतालिका प्रकाशित गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन गर्न नपाइने व्यवस्था अघि सारिएको छ ।

    त्यसैगरि विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरुको हस्ताक्षर रुजु र प्रमाणित गर्ने, तथा महाधिवेशन आयोजनाका सम्बन्धमा स्पष्ट कार्यविधी सहितको व्यवस्थाका लागि लेखकले तयार पारेको प्रस्तावमा भेलामा छलफल गर्ने तयारी छ । यस्तै पार्टीका सबै तहका निर्वाचित सभापति तथा पदाधिकारीविरुद्ध अविश्वास प्रस्तावसम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउने प्रस्ताव गरिएको छ । यसबाहेक केन्द्रीय कार्यसमितिको निर्णयबाट मानार्थ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा मनोनयन गर्ने व्यवस्था लेखकको प्रस्तावमा उल्लेख छ ।

    शुक्रवार सम्पन्न उद्घाटन शत्रमा करीब ७ हजार जनाको सहभागिता रहेको भेलाको बन्द शत्रमा ३५ सय भन्दा बढी प्रतिनिधी सहभागि हुने आयोजकको दाबी छ ।

    कांग्रेसमा गत वर्षको भदौमा भएको जेनजी विद्रोपछि आन्तरिक विवाद शुरु भएको थियो । नेतृत्व परिवर्तनको मागसहित तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा गत पुष अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि विवाद उत्कर्षमा पुगेको छ । गत फागुनमा सम्पन्न निर्वाचनमा पनि शर्मनाक हार व्यहोरेको कांग्रेस विवाद अहिले पार्टी फुटको संघारमा आईपुगेको विश्लेषण गरिएको छ ।

    विशेष महाधिवेशनको वैधताबारे निर्वाचन आयोगले गरेको निर्णय पुनरावलोकनका लागि सर्वोच्च अदालतले निस्सा दिएपछि कांग्रेस विवादको न्यायीक निरुपण समेत अझै केही समय पर धकेलिने सम्भावना बढेको छ । विवाद समाधानका लागि दुवैपक्षले आफ्नो रटान नछाडेका बेला जेनजी विद्रोहका क्रममा मरणासन्न आक्रमणमा पर्नुभएका पूर्वसभापति शेरबहादुर देउवा विदेशमा उपचारपश्चात श्वदेश फर्किएपछि पार्टीभित्रको एकता कायम हुने अपेक्षा पनि गरिएको छ ।

    तर हिजो शुरु भेलाको उद्घाटन शत्रमा सम्बोधन गर्ने नेताहरुको अभिव्यक्ति र संस्थापन पक्षले एकतर्फिरुपमा गरेको महाधिवेशनको तयारी भने थप पेचिलो बन्ने देखिएको छ । नेताहरुले विशेष महाधिवेशनको वैधतामा लगातार प्रश्न उठाउनु र अदालतमा हुने मुद्धा पुनरावलोकनको फैसला नआउञ्जेल सहमतिको प्रयासमा नलाग्नुले पार्टी विभाजनतर्फ त जाँदैछैन ? भन्ने आशंका पनि उत्तिकै छ । यद्यपी अदालतको अन्तिम फैसला नआउञ्जेल तत्कालका लागि पार्टी विभाजनको संकट भने टरिरहेको छ ।

    Post Views: 64
    • @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma
    प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार ०९:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.