नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन सुरु भएको छ । १२ वर्षदेखि हुन नसकेको जनसम्पर्क समितिको महाधिवेशन शुक्रवार अमेरिकाको भर्जिनियामा शुरु भएको हो । नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनले अमेरिकामा रहेका कांग्रेस कार्यकर्ताहरुमा उत्साह थपेको छ । समितिको नयाँ नेतृत्वका लागि विगतमा नेपालमा रहँदा नेपाली कांग्रेसका विभिन्न तहमा क्रियाशिल नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसैक्रममा समितिको नेतृत्वका प्रमुख दाबेदार सन्तोस पहारीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपालमा पोखरा घर भई हाल अमेरिकाको एट्लान्टा निवासी पहारी नेपाल विद्यार्थी संघको कास्की जिल्ला सभापति हुँदै केन्द्रिय सदस्यका रुपमा काम गरिसकेका नेता हुन् । यस्तै प्रवासमा बसेर पनि नेपाली–नेपालीबिचको भाईचारा, नेपालको लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणमा पहारीले उल्लेख्य योजना अघि सार्न सक्ने नेताका रुपमा पहारीलाई लिने गरिएको छ ।
गैरआवासीय नेपालीकाका लागि नेपालमा दोहोरो कर, लगानीको असुरक्षा, नागरिकता समस्या, राजनीतिक उपेक्षा, र संस्थागत बेवास्ता जस्ता गम्भीर समस्याबारे पहारीले दर्बिलो आवाज उठाउँदै आएका छन् । पहारी गैरआवासीय संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पनि हुन् । जसका कारणपनि उनी जनसम्पर्क समिति अमेरिकामा उनको उम्मेदवारीलाई आशा सञ्चारका रुपमा हेरीएको छ । नेतृत्वका लागि आवश्यक क्षमता, दक्षता र राजनीतिक सुझबुझ राख्ने पहारीको उम्मेदवारी दर्ताले अमेरिकास्थित जनसम्पर्क समितिले सहि नेतृत्व पाउने अपेक्षा राखिएको छ ।
नेपाली कांग्रेसको कोईराला समूह र विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा समूह दुवैसँगको राजनीतिक सम्बन्ध बलियो भएका पहारीको जितले कांग्रेसमा देखिएको आन्तरिक विवादलाई एकतामा लैजान पनि समन्वयकारी भुमिका खेल्ने विश्वास मतदाताको रहेको बुझिएको छ ।
उम्मेदवारी दर्तापछि नेपाल चौतारीसँग कुरा गर्दै पहारीले अमेरिकामा नेपाली कांग्रेसको संगठनलाई बलियो र एकतावद्ध बनाउन तथा त्यहास्थित नेपाली समूदायलाई नेपालको लोकतन्त्र र कांग्रेसप्रतिको समर्पण वृद्धि गराउने उदेश्यसहित आफुले उम्मेदवारी दिएको बताए । ‘ नेपालको लोकतन्त्र, नेपाली कांग्रेस र अमेरिका निवासी नेपालीहरुको बृहत्तर हितका लागि मैले सभापति पदमा उम्मेदवारी दिएको हुँ ।–पहारीले भने । ’जनसम्पर्कसमिती अमेरिकाको सभापति पदका लागि पहारीसहित ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबले सभापतिसहित ३३ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।






