• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

केही पनि भएको छैन भन्ने झुटा भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ : सांसद खत्री

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १, सोमबार १४:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले सरकारले झापा, बर्दिया, चितवन र भक्तपुरमा दशकौँदेखि अल्झिएको भूमिहीनको समस्या समाधानतर्फ काम गरिरहेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आफ्नै उपस्थितिमा भक्तपुरमा भक्तपुरमा ४२१ जनालाई जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण गरेको बताए।

    उनले भने, ‘तर त्यही दिन नजिकैको बोडेस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा एउटा अत्यन्त दुःखद समाचार आयो, ५७ वर्षीय हिरालाल पासवान मृत भेटिनुभयो। थापाथलीको सुकुम्वासी बस्ती भत्काएपछि उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनुभएको रहेछ। एउटा हातमा लालपुर्जा थियो, अर्को हातमा नागरिकको मृत्युको खबर।’

    उनले सरकार भूमिहीनका लागि काम गरिरहेको भएपनि ती कामको आशा प्रत्येक भूमिहीनसम्म किन पुग्न सकेन? भन्दै प्रश्न गरे।

    उनले भने, ‘३५ वर्षपछि सरकारले भनिरहेको छ भूमिहीन, तिमीहरू एक्लो छैनौ, हामी छौँ। भूमिमन्त्रीले आफ्नो कार्यकालमा सुकुम्वासी र सुकुम्वासी शब्दलाई शब्दकोशमा मात्र सीमित गर्ने सङ्कल्पका साथ काम गरिरहनुभएको छ। यसलाई राजनीतिक पूर्वाग्रहले ढाक्नु हुँदैन। आलोचना गरौँ, कमजोरी देखाऔँ, सरकारलाई खबरदारी गरौँ तर केही पनि भएको छैन भन्ने झुट्टा भाष्य निर्माण गरेर निराशाको आगो नझोसौँ।’

    उनले निराशाले राजनीति नभई कहिलेकाहीँ कसैको जीवनसँग खेलबाड गर्ने बताए।

    उनले थपे, ‘भइरहेका राम्रो कामको प्रचार गरौँ, आशा जगाऔँ, भूमिहीनलाई अधिकारको बाटो देखाऔँ। हामीलाई निराशा होइन, भरोसा चाहिएको छ। मर्न प्रेरित गर्ने भाष्य होइन, बाँच्न प्रेरित गर्ने राजनीति चाहिएको छ। हामी भूमिहीनलाई अधिकार दिऔँ, निराशा होइन। प्रश्न गरौँ, तर आशा पनि जगाऔँ। राजनीति गरौँ, तर कसैलाई मृत्यु रोज्ने अवस्थामा नपुर्‍याऔँ।’

    Post Views: 36
    प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १४:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.