• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १, सोमबार १८:०० प्रकाशित
    ?????? ??????? ?????? ????????, ?? ????? ?????? ????? ??? ?????????? ???????? ????? ?????????????? ?????? ??????? ??????? ??????? ????????? ????÷????
    • अ-
    • अ
    • अ+

    काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर भइरहेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विपद् व्यवस्थापनका लागि प्रभावकारी पूर्वतयारी गर्न तथा बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षा, उद्धार र राहतलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

    बैठकको आकस्मिक समयमा सांसद पद्माकुमारी अर्यालले अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको जानकारी गराइन्। उनले रोल्पामा दुई दिनमै १८ जनाले ज्यान गुमाएको तथा जाजरकोट, बाजुरा, कास्की, पर्वतलगायत जिल्लामा पनि बाढीपहिरोबाट ठूलो संख्यामा नागरिक प्रभावित भएको बताइन्। जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने उनको भनाइ थियो।

    सांसद वर्षमान पुनले रोल्पामा पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी गराउँदै विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद बलावती शर्माले बाग्लुङमा बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गरिन्। उनले प्रभावित क्षेत्रमा सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्नसमेत माग गरिन्।

    सांसद मधुकुमार चौलागाईंले बाढीपहिरोका कारण क्षतिग्रस्त सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद पार्वती विकले जाजरकोटका नागरिकले निरन्तर वर्षाका कारण भोग्नुपरेको समस्याबारे जानकारी दिँदै तत्काल राहत उपलब्ध गराउन र सुरक्षित बस्ती व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन्।
    सांसद रेणुका काउचाले बाग्लुङसहित विभिन्न क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताइन्। सांसद सन्दीप रानाले विपद् व्यवस्थापनका लागि विज्ञ तथा प्राविधिक टोलीमार्फत अध्ययन गराई वैज्ञानिक र दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्न सरकारसँग माग गरे।

    बैठकमा सांसद अभिषेकप्रताप साह, खड्गबहादुर शाही, यज्ञबहादुर बोगटी, यज्ञमणी न्यौपाने, विष्णुबहादुर खड्का, बिना गुरुङ, विक्रम खनाल, एशुदाकुमारी बराल, जोगकुमार बरबरिया यादव, अम्बिकादेवी सङ्ग्रौला, भीमकुमारी बुढामगर, निराशा चौधरी (डगौरा), रविन महतो, खड्कबहादुर बुढा र रमेशकुमार मल्लले पनि विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको क्षति तथा प्रभावित नागरिकको अवस्थाबारे जानकारी गराउँदै प्रभावकारी विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

    यसैबीच, बैठकमा सांसद कुलभक्त शाक्य र गणेश पराजुलीले कवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले नेपाली साहित्यका क्षेत्रमा श्रेष्ठले पुर्‍याएको योगदानको स्मरणसमेत गरेका थिए।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १८:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.