• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २, मंगलवार ०७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    म्याग्दी । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण म्याग्दी जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । सडक तथा पहुँचमार्ग अवरुद्ध हुँदा निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी हुन नसकेपछि धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न आयोजनाको निर्माण प्रभावित भएको हो ।

    धवलागिरि गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१, ३७ मेगावाटको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दी खोला, १४ मेगावाटको मुदीखोला र ६ दशमलव ५ मेगावाटको दरखोला जलविद्युत् आयोजनाको निर्माणमा बाढीपहिरोले प्रत्यक्ष असर पारेको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ९ दशमलव १४ मेगावाटको सुपर घलेम्दी जलविद्युत् आयोजनाको निर्माणस्थलसँग पनि यातायात सम्पर्क विच्छेद भएको छ ।

    अविरल वर्षाका कारण नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँध क्षेत्रमा थुप्रिएपछि ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असार अन्तिम सातादेखि बन्द छ । यसैगरी, गत साउन २६ गते आएको सुक्खा पहिरोले विद्युत् गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाटको खारखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि ठप्प भएको छ । पहिरोमा परी एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

    अपर म्याग्दी–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार घुमाउने (फापरखेत), बाङ्गेपहिरो र इल्पु क्षेत्रमा पहिरो तथा शिवरात्रि खोलामा आएको बाढीका कारण गत असारदेखि सिमेन्ट, रडलगायत निर्माण सामग्री तथा उपकरण बोकेका सवारीसाधन आयोजना स्थलसम्म पुग्न सकेका छैनन् । उपलब्ध उपकरण र मौज्दात सामग्री प्रयोग गरेर निर्माणलाई निरन्तरता दिइए पनि ढुवानीमा आएको समस्याले कामको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको उनले बताए ।

    शिवरात्रि खोलामा पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको मोटरेबल पुलमा ढिलाइ हुँदा वर्षायाममा सवारीसाधन आवतजावतमा थप समस्या भएको छ । बाढीका कारण खोलाको सतह बढ्ने र पहुँचमार्गमा पहिरो खस्ने समस्याले म्याग्दी खोला जलविद्युत् आयोजनाको काममा समेत असर परेको आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले बताए ।

    उनका अनुसार वैकल्पिक उपाय अपनाउँदै मौज्दात सामग्री परिचालन गरेर काम अघि बढाइएको छ । कतिपय स्थानमा डोजरको सहयोगमा सामान बोकेका सवारीसाधन तार्ने तथा पहिरो पन्छाएर आवागमन सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

    ६० प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना पनि बाढीपहिरोबाट प्रभावित भएको छ । ३७ मेगावाट क्षमताको उक्त आयोजनालाई क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रिया अघि बढिरहेको छ ।

    त्यस्तै, बेनी–दरबाङ तथा दरबाङ–धारापानी–ताकम–मुना सडकखण्डका थापाचौर, गौथली र दाचौर भिरमा गएको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नसकिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताए । बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा आयोजनाहरूको निर्माण अवधि लम्बिन सक्ने र लागतसमेत बढ्न सक्ने जोखिम देखिएको छ ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार ०७:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.