• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

यस्ता छन् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका १६ निर्णयहरू

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २, मंगलवार १७:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन २४ देखि भदौ १ गतेसम्म सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले समसामयिक राजनीति, संविधान कार्यान्वयन तथा संशोधन, शासकीय अवस्था, आर्थिक गतिविधि र संगठन सुदृढीकरणलगायत विषयमा विभिन्न निर्णय गरेको हो।

    प्रवक्ता देवराज चालिसेले भदौ २ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार बैठकले नीतिगत, सांगठनिक तथा सरकारको ध्यानाकर्षण गराउने विषयसँग सम्बन्धित प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

    कांग्रेसले १५औँ महाधिवेशनलाई केवल प्राविधिक निर्वाचन प्रक्रियामा सीमित नगरी लोकतान्त्रिक नवीकरण, एकता र सहभागिताको उत्सवका रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। भदौमा हुन सक्ने अत्यधिक वर्षाका कारण स्थानीय तहमा असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिलाई आवश्यकताअनुसार तल्लो तहका निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर गर्न सक्ने अधिकारसमेत दिइएको छ।

    महाधिवेशन व्यवस्थापनका लागि सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशनमा सभापति थापाले ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ शीर्षकमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन्।

    त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरणको अभिभारा’, अर्का उपसभापति पुष्पा भुसालले ‘प्रदेश निर्वाचन विशेष प्रस्ताव’ तथा महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने तय भएको छ।

    महाधिवेशन प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी प्रवक्ता देवराज चालिसेलाई दिइएको छ। पार्टीको विधानलाई समयसापेक्ष बनाउन महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ।

    बैठकले महाधिवेशन सहज रूपमा सम्पन्न गर्न विधानको धारा ३५(२)(घ) बमोजिम आवश्यक व्यवस्था निलम्बन गर्ने निर्णयसमेत गरेको छ। साथै, निर्वाचन निर्देशिका २०८३ र ‘एनसी फर एनसी’ कार्यविधि पनि पारित गरिएको कांग्रेसले जनाएको छ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १७:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.