• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ठेक्का सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई बाँकी रकम बुझाउन ३५ दिने अल्टिमेटम

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ४, बिहीबार १०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ।

    डिभिजनअन्तर्गत सञ्चालित विभिन्न आयोजनामा करारीय दायित्व पूरा नगरी सम्झौताको गम्भीर उल्लङ्घन गरेको भन्दै ती निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको थियो। ठेक्का अन्त्यपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) तथा सार्वजनिक खरिद सम्झौताबमोजिम कायम भएको सरकारी बाँकी रकम असुल गर्न डिभिजनले पटक–पटक प्रयास गरे पनि हालसम्म रकम दाखिला नभएको जनाएको छ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम रकम असुलीका लागि बिहीबार सार्वजनिक सूचना जारी गर्दै डिभिजनले सम्बन्धित निर्माण व्यवसायीलाई रकम दाखिला गर्न अन्तिम अवसर दिएको हो।

    सूचनाअनुसार ठेक्का रद्द भएका निर्माण व्यवसायीले नेपाल बैंक लिमिटेडमा रहेको नेपाल सरकारको राजस्व खातामा सरकारी बाँकी रकम जम्मा गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ मा रकम जम्मा गरी बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।

    डिभिजनका अनुसार रकम दाखिला गर्न बाँकी निर्माण व्यवसायी र रकम यसप्रकार छन्–

    बुढाथोकी निर्माण सेवा, पाँचथर – रु २३ लाख ४ हजार ५८७.४५

    मावोहाङ निर्माण सेवा, ताप्लेजुङ – रु १ करोड ८ लाख २५ हजार २.६२

    शिव शक्ति इन्फ्रा डेभलपर्स प्रा.लि., मकवानपुर – रु ४ करोड ५९ लाख ७१ हजार ५६३.७५

    सोही कम्पनीको अर्को ठेक्काको – रु ३ करोड ४२ लाख ४७ हजार ७०८.६८

    एम.डि.ब्रो. कन्स्ट्रक्सन प्रा.लि., इलाम – रु ९ लाख ३४ हजार ७५०.०१

    शाह/पूजा जे.भी., धनकुटा – रु ८६ लाख ३३ हजार ३१३.७८

    सोही जेभीको अर्को ठेक्काको – रु ५७ लाख ३६ हजार ९५९.६७

    आशिवर्दि/पूजा जे.भी., धनकुटा – रु १ करोड ७१ लाख ७४ हजार १६३.९२

    एबिसि निर्माण सेवा, माईजोगमाई, इलाम – रु १ करोड १८ लाख १३ हजार ३८४.२३

    के.एम. कन्स्ट्रक्सन, धनुषा – रु ३६ लाख ८७ हजार ७२६.३६

    टेक एण्ड सपना कन्स्ट्रक्सन प्रा.लि., पाँचथर – रु ७९ लाख ४९ हजार २४५.२९

    गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जे.भी., धनुषा – रु १ करोड ९९ लाख १४ हजार ४४७.९९

    डिभिजनले तोकिएको समयभित्र रकम दाखिला नगरेमा प्रचलित कानुनबमोजिम थप कारबाही अघि बढाइने जनाएको छ।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १०:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.