• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ४, बिहीबार १६:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    हेटौँडा । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए । विद्यालय र घरबीच हेटौँडा उपमहानगरपालिका-१९ मा पर्ने वासुदेव खहरे खोला उनीहरूका लागि नौलो थिएन । तर, त्यस साँझ खोला अस्वाभाविक रूपमा उर्लिएको थियो ।

    खोला तर्ने क्रममा आएको अचानकको भेलले चारै बालिकालाई फरक-फरक दिशातर्फ बगायो । घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । एक बालिका भने ज्यान जोगाउन सफल भइन् ।

    घटनाबाट जोगिएकी हेटौँडा-१९ डाँडागाउँकी १३ वर्षीया सीमा भोलनका अनुसार चारै जना हात समातेर खोला तर्दै थिए । सबैभन्दा पहिले आठ वर्षीया रोशनी स्याङ्तानलाई भेलले बगाएको थियो । त्यसपछि ११ वर्षीया सुमित्रा भोलन र लगत्तै सीमासहित अन्य बालिका पनि भेलमा परेका थिए ।

    भेलले लछारपछार गर्दै केही तल पुर्‍याएपछि सीमाको हातमा खोलाकिनारको झाडी परेको थियो । झाडी समातेर उहाँ खोलाबाट बाहिरिन सफल भए । सामान्य चोट लागेपछि उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।

    सीमा खोलाबाट बाहिरिँदा स्थानीयवासीले अन्य बालिकाको खोजी सुरु गरिसकेका थिए । घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा २० जना प्रहरी खोजीमा खटिएका थिए ।

    बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको नेतृत्वमा ११ जना तथा सशस्त्र प्रहरी बलको १४ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काको नेतृत्वमा १७ जनाको टोली पनि खोजीमा परिचालन भएको थियो । नेपाली सेना र स्थानीयवासीसमेत खोजीमा जुटेका थिए ।

    खोजीका क्रममा हेटौँडा-१९ बस्तीपुरका दीप स्याङ्तानकी आठ वर्षीया छोरी रोशनी घटनास्थलबाट करिब ६०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    टिकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनिता भने रातभर फेला परेका थिएनन् । अँध्यारोसँगै पानीको बहाव बढ्नुका साथै खोलाले बगाएर ल्याएका ढुङ्गा र गेग्रानका कारण खोजी कठिन भएको थियो ।

    बुधबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोलाको तल्लो तटीय क्षेत्रमा पुनः खोजी थालेको थियो । सोही क्रममा विनितालाई भेलले बगाएको स्थानदेखि करिब चार किलोमिटर तल मृतावस्थामा फेला पारिएको थियो । सुमित्रा भने अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बेपत्ता सुमित्राको खोजी भइरहेको जानकारी दिए । हेटौँडा-१९ का वडाध्यक्ष नरनाथ सुवेदीका अनुसार सुरक्षाकर्मी र स्थानीयवासीले वासुदेव खोलाको तल्लो क्षेत्रमा सुमित्राको खोजी गरिरहेका छन् ।

    विद्यालयबाट घर फर्किएका चार बालिकामध्ये दुई जनाको मृत्यु भएको छ, एक जना बेपत्ता छिन् भने एक जना ज्यान जोगाउन सफल भएकी छन् । वासुदेवको भेलले दुई परिवारबाट छोरी खोसेको छ भने अर्को परिवारलाई छोरी फर्किने आशामा राखेको छ ।

    यो घटना चालु आर्थिक वर्षमा मकवानपुरमा खोला तथा पानी जमेको खाल्डोका कारण भएको पहिलो मानवीय क्षति भने होइन । आर्थिक वर्ष सुरु भएको दोस्रो दिनमै हेटौँडा-६ रोहिणी कोलोनीस्थित कर्रा खोलाछेउको पानी जमेको खाल्डोमा डुबेर करिब १४ वर्षीय युकेश राईको मृत्यु भएको थियो ।

    त्यसको करिब दुई सातापछि बकैया गाउँपालिका-४ नयाँदमारस्थित चिरुवा खोल्सीमा आएको आकस्मिक भेलले दुई महिलालाई बगाएको थियो । खोल्सी तर्ने क्रममा ४१ वर्षीया तारा भोलन र ५० वर्षीया सुनमाया वाइवा भेलमा परेका थिए । स्थानीयवासीले दुवैलाई घाइते अवस्थामा उद्धार गरेका थिए । प्राथमिक उपचारपछि हेटौँडास्थित अस्पताल ल्याइएकी ताराको साउन १९ गते उपचारका क्रममा मृत्यु भएको थियो । सुनमाया उपचारपछि घर फर्किएका थिए।

    कर्राको खाल्डो, चिरुवा खोल्सी र वासुदेव खहरेका घटना फरक प्रकृतिका छन् । कर्रामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो भने चिरुवा र वासुदेवमा खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएको थियो । यी घटनाले वर्षायाममा जिल्लाका खोला, खोल्सा, खहरे र पानी जमेको खाल्डो जोखिमपूर्ण हुने देखाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षमा खोलाले बगाएर तथा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा डुबाइ तथा बगाइका छ घटना भएका थिए । ती घटनामा चार जनाको मृत्यु, एक जना घाइते र एक जना बेपत्ता भएका थिए । मृतकमध्ये एक जना बालिका थिइन् । रासस

    Post Views: 37
    प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १६:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.