• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ५, शुक्रबार ०८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाजुरा । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

    बिहीबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले स्थानीय ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा घरभित्र रहेका सामानसमेत पुरिएका छन्।

    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार पहिरोको जोखिम कायमै रहेकाले आसपासका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको हो। विस्थापित परिवारलाई हाल अस्थायी टहरामा राखिएको छ।

    पहिरोले पुरिएका घर तथा सामग्री निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरो जान सक्ने सम्भावना रहेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

    यसैबीच, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउन गाउँपालिकाले टोली परिचालन गरेको जानकारी दिए। उनले विस्थापित परिवारको सहयोगका लागि स्थानीय सामाजिक सङ्घसंस्थालाई समेत आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार ०८:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.