• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गरिमा चौधरी हत्या प्रकरण : दोषीलाई कानुनी कठघरामा उभ्याउने गृहमन्त्रीको प्रतिबद्धता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ६, शनिबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको र घटनाप्रति नागरिकमा उत्पन्न आक्रोशलाई आफूले गम्भीर रूपमा बुझेको बताएका छन्।

    उनका अनुसार घटनाको अनुसन्धानका क्रममा आरोपित केही व्यक्तिलाई तत्कालै पक्राउ गरिएको थियो। पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि त्यसैका आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन्।

    गृहमन्त्री गुरुङले गरिमालाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै त्यसका लागि घटनासँग सम्बन्धित प्रमाण सुरक्षित राख्दै निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।

    घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीबाट लापरबाही भएको हुनसक्ने प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाइएको उनले बताए। विगतका कमजोरीबाट पाठ सिकेर अनुसन्धानमा कुनै त्रुटि वा अवरोध हुन नदिन गृह प्रशासन सचेत रहेको उनको भनाइ छ।

    घटनामा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेका बेला गृहमन्त्रीले नेपालको कानुनी व्यवस्थाबारे समेत स्पष्ट पारेका छन्। नेपालको संविधानको धारा १६ को उपधारा (२) ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको तथा नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेकाले हाल मृत्युदण्ड दिन सक्ने कानुनी अवस्था नरहेको उनले बताएका छन्।

    गृहमन्त्री गुरुङले संवेदनशील घटनालाई राजनीतिकरण नगर्न तथा अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न पनि सबै पक्षसँग आग्रह गरेका छन्। अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्ने गतिविधिले अन्ततः पीडितलाई न्याय दिलाउने प्रक्रिया नै कमजोर पार्न सक्ने भएकाले संयम अपनाउन उनले आग्रह गरेका छन्।

    Post Views: 104
    प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार ०९:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.