• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ७, आईतवार १६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनालाई नेपाल प्रहरीले नबिर्सने भन्दै संलग्न व्यक्तिलाई जुनसुकै बेला पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

    राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा महानिरीक्षक कार्कीले प्रहरी संगठनमा आपराधिक घटनाको संस्थागत स्मृति रहने भएकाले दशकौं पुराना घटनासमेत निरन्तर अनुसन्धानको प्राथमिकतामा रहने बताए ।

    उनले व्यक्तिको स्मरण समयसँगै कमजोर हुँदै गए पनि न्यायका लागि प्रहरी संस्था निरन्तर लागिरहने बताए । यद्यपि, पुराना सबै घटनामा अपेक्षित सफलता हासिल गर्न नसकिएको उनले स्वीकार गरे ।

    कार्कीका अनुसार पुराना चर्चित तथा जघन्य अपराधका घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ । केही घटनामा अनुसन्धानबाट उल्लेख्य सफलता प्राप्त भएको र थप घटनामा पनि अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

    उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान भइरहेको बताए । “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,” उनले भने ।

    प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो समाज, प्रविधि र अपराध गर्ने शैलीका कारण सुरक्षा चुनौती थपिँदै गएको बताए । परम्परागत अनुसन्धान पद्धतिले मात्रै आधुनिक अपराध नियन्त्रण गर्न नसकिने भएकाले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउने काम भइरहेको उनको भनाइ छ ।

    प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई प्रभावकारी बनाउन पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको उनले बताए । यसबाट कामका आधारमा मूल्याङ्कन हुने र कर्मचारीलाई आफ्नो कार्यशैली सुधार्ने अवसर प्राप्त हुने उनको भनाइ छ ।

    प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकले प्रहरी कार्यालय धाउन नपर्ने गरी सेवा प्रणाली विकास गरिएको पनि कार्कीले जानकारी दिए । उनका अनुसार नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

    पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यकताअनुसार जनशक्ति भर्ना तथा परिचालन गर्नुपर्ने बताए ।

    विश्वव्यापी रूपमा फैलिएको अपराधको सञ्जाल नियन्त्रण गर्न विभिन्न देशका प्रहरी संगठन तथा इन्टरपोलमार्फत विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय भइरहेको उनले जानकारी दिए । आधुनिक ‘पुलिसिङ’का मापदण्ड अवलम्बन गर्दै विदेशी प्रहरी संगठनसँग समेत सहकार्य भइरहेको कार्कीले बताए ।

    प्रविधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम हुँदै गएको विश्वास व्यक्त गर्दै उनले शान्ति, सुव्यवस्था कायम गर्नुका साथै नागरिकको जीउधनको सुरक्षाका लागि प्रहरीलाई आमनागरिकको सहयोग आवश्यक रहेको बताए ।

    उनले आपराधिक गतिविधिमा संलग्न वा आपराधिक प्रवृत्ति भएका व्यक्तिबारे प्रहरीलाई सूचना उपलब्ध गराएर सहयोग गर्न पनि नागरिकसँग आग्रह गरे ।

    Post Views: 84
    प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १६:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.